×

NEPAL TIMES UPDATES

Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026

ओली सरकार गठन भएको एक बर्ष भित्र देशमा घटेका प्रमुख ५ काण्ड (भिडियो सहित)

१३ चैत्र २०७५

काठमाडौँ, चैत १३
२०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले एक वर्षमा आफ्नो सरकारले समृद्धिका लागि आधार तयार गरेको दाबी गरेका छन् । तर, समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको ओली सरकारलाई आलोचकहरुले भने ‘कुरा धेरै, काम थोरै’ गरेको आरोप लगाउन भ्याए । यस अवधिमा देशमा घटेका प्रमुख ७ काण्ड यस्ता छन ।

काण्ड न. १ : ३३ किलो सुनकाण्ड
मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि ३३ किलो सुनकाण्ड सार्वजनिक भयो । यो सालको सुरुमै सार्वजनिक भएको यो सुनकाण्ड अझैसम्म सुल्झिएको छैन् । सुन तस्करीमा ‘ठूला माछा’हरु पनि संलग्न भएको चर्चा सरकारी तवरबाटै चलाइयो । तर ती ठूला माछा कहाँ छन, को हुन् कसैलाई थाहा भएन । गोरेले प्रहरीबाटै आफू असुरक्षित रहेको बयान दिए । तर, सुन तस्करीको जरासम्म पुग्ने चासो न त प्रहरीले देखायो, न त सरकारले नै । ३३ किलो सुनकाण्ड अझैसम्म रहस्यको गर्भमै दबिएको छ ।

Advertisement
Advertisement

काण्ड न.२: निर्मला बलात्कार तथा हत्याकाण्ड
१० साउनमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । संचारमाध्यामले प्रमुखताका साथ यो विषय उठाइरहे । अहिले ७ महिना पूरा भयो, तर अहिलेसम्म सत्यतथ्य बाहिर आएको छैन । निर्मला प्रकरणमा प्रहरी शुरुदेखि नै विवादास्पद भूमिकामा देखियो । पञ्चायतकालको नमिता–सुनिता काण्ड झैं यो काण्ड पनि दिनानुदिन रहस्यको गर्भभित्र विलुप्त भैरहेको छ ।

काण्ड न.३:सिण्डिकेट काण्ड
सरकार गठन भएको केही समयमै यातायात क्षेत्रको सिन्डिकेट अन्य गर्न गृहमन्त्रालयले पहल ग¥यो । सिन्डिकेटलाई संस्थागत रुपमै हटाउन विभिन्न यातायात व्यवसायी संस्था खारेज गरेर कम्पनीमा दर्ता हुन सरकारले आदेश पनि दिएको थियो । सिण्डिकेट लगाउने शक्तिशाली यातायात व्यवसायी संस्थाहरुको बैंक खाता रोक्का गरियो ।तर गृह मन्त्रालयको यो पहल धेरै दिन टिक्न सकेन । दशैं लगायतका चाडपर्वमा यात्रुलाई सुविधा दिने कुनै योजना सरकारसँग थिएन । त्यसै क्रममा यातायात व्यवस्थाको जिम्मेवारी गृहमन्त्रालयको अधिकारक्षेत्रमा नआउने भन्दै भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री रघुविर महासेठले हस्तक्षेप गरेपछि गृहमन्त्रालय पछि हट्न बाध्य भयो । सिण्डिकेट हटाएको नाममा अस्थायी वाहवाही कमाएको सरकारलाई केही समयभित्रै सिण्डिकेटले नै पराजित गरिदियो ।

काण्ड न.४: ‘सिधा प्रश्न’ काण्ड
सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अप्ठ्यारो प्रश्न सोधेकै आधारमा नेपाल टेलिभिजनको सिधा प्रश्न कार्यक्रम बन्द गर्ने काण्ड यो सरकारको अर्को आलोचनायोग्य कदम थियो । कार्यक्रमका प्रस्तोता राजु थापाले मन्त्री बाँस्कोटालाई मन्त्रीपरिषदद्वारा सार्वजनिक सम्पत्ति विवरणका बारेमा केही प्रश्न सोधेका थिए । ती प्रश्नबाट आक्रोशित बनेका मन्त्री बाँस्कोटाले तत्कालै सो कार्यक्रम बन्द गर्ने आदेश दिएका थिए ।

काण्ड न.५: वाइडबडी काण्ड
ओली सरकारले महत्वका साथ प्रारम्भिक उपलब्धीको लिस्टमा राखेको वाइडबडी जहाज अन्ततः एक ठूलो भ्रष्टाचार काण्डमा परिणत भएको छ । संसदीय समितिले भ्रष्टाचार भएका ठहर गरेपनि छुट्टै समिति गठन गरेको सरकारले गठन गरेको छानबिन कहाँ पुग्यो पत्तो छैन । भ्रष्टाचार भएको समितिको ठहरपछि आन्दोलित हुदै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी कांग्रेस पनि तत्कालीन समयमा प्रधानमन्त्री हुदाँ सभापति शेरबहादुर देउवाको भूमिका माथि प्रश्न उठन थालेपछि एकाएक बोली फेर्न बाध्य भयो । अझ पर्यटन मन्त्री रविन्द्र अधिकारीको देहवसानपछि त झन यो विषय छायाँमा परेको छ ।

काण्ड न.६: झुटो तथ्यांक काण्ड
जनताले अनुभूति गर्नसक्ने कुनै काम नगरेको भन्दै आफ्नै पार्टीभित्र आलोचना समेत खेपिरहेका प्रधानमन्त्री ओलीले आफ्नो शासनको पहिलो वर्षमै पटकपटक विभिन्न सम्बोधन, प्रचारप्रसारको शैली अपनाए । यसै क्रममा सरकारको १० महिना तथा चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको प्रगतिको तथ्याङक संसदमा पेश गरेका थिए ।तर, प्रधानमन्त्रीले सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो ।

काण्ड न.७: पोल पोलमा प्रधानमन्त्री काण्ड
नयाँ युगको शुरुवात भन्ने ट्यागलाइन सहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचार गर्न सरकारले प्रधानमन्त्रीको फोटासहितको पोस्टर मंसिर ११ गते काठमाडौका विजुलीको पोलपोलमा झुण्ड्यायो । सरकारका प्रवक्ताले भने राम्रो कार्यक्रमको ब्राण्डिङ गर्न खर्च गर्नुलाई अन्यथा मान्न नहुने स्पष्टिकरण दिए । यता सरकारले कार्यान्वयनमा ल्याउन लागेको कार्यक्रमको यति तामझामसाथ प्रचार गरियो तर न्याय माग्दै बिजुलीका पोलमा टाँसिएको तस्बिर भने प्रहरी लगाएर हटाइयो । त्यतिमात्र हैन, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा टाँसिएका निर्मला पन्तका तस्बिर सरकारले जबर्जस्ती हटायो । प्रहरीले पोस्टर टाँस्ने युवालाई पक्राउ गर्याे ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top