काठमाडौं : नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।
सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगको भन्दै सोधपुछ सुरु गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानबिन सुरु गरेको खबर आजको नेपाल समाचार पत्रले लेखेको छ ।
महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख नायव निरीक्षक शैलेस थापा क्षेत्रीले यो घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताएका छन् । भिजितट भिसामा दुवई पठाउन विभिन्न ट्राभल एजेन्सीले प्रतिव्यक्ति २लाख ५० हजार लिएर उड्न विमानस्थल पठाएपनि केही सेटिङ नमिलेर उनीहरु फिर्ता भएको अनुमान गरिएको छ ।