दुई दिन हिँडेर चामल किन्‍न गएकी जूनकला रुँदै फर्किइन्…

बाजुरा : बाजुराको हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी छन्।

जुनकालाको पाँच जनाको परिवार छ। बुवा दमका बिरामी छन् भने आमा अशक्त। चामल नपाएपछि उनले भनिन्, ‘आमा र बुवा आउन सक्नु हुन्न, म आएँ। तर, चामल नपाएर रित्तो हात फर्कनु पर्‍यो।’

उनले चामलका लागि गाउँका आफन्तकाबाट मासिक सय रुपैयाँको पाँच रुपैयाँ ब्याज दिने सर्तमा पैसा ल्याएकी थिइन्। ‘ऋण काढेर ल्याएको रकममा पनि चामल किन्न पाइएन’, उनले दुःख पोखिन्, ‘त्यहाँबाट कोल्टी जान अझै एक दिन लाग्छ।’

स्थानीयलाई सहजहोस् भनेर कवाडीमा संस्थानले डिपो खोलेको हो। तर, त्यहाँ चामल नभएपछि स्थानीय कोल्टी जान बाध्य छन्। कोल्टी पुग्दा चालम पाइन्छ तर त्यो धरै टाढा पर्छ। ,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.