×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

लगानी सम्मेलन: अँग्रेजी लफडा र कमजोर व्यवस्थापन

१६ चैत्र २०७५

काठमाडौं , चैत १६

राजधानीको सोल्टी होटलमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ता निम्त्याईएका छन् । नेपालमा लगानीका लागि कन्भिन्स गर्न बोलाईएका विदेशी पाहुनाहरुलाई ३ जना मन्त्रीहरुले भने टिठ लाग्दो अंग्रेजी उपहार दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र उर्जा जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनको अंग्रेजी उदेक लाग्दो देखियो ।

Advertisement

६ सय भन्दा बढी विदेशीलाई लगानीका लागि यी यी सुविधा छन् भनेर बताउन उनीहरु प्लेनरी सेसनको अध्यक्षता गरिरहेका थिए । केहि स्वदेशी र केहि विदेशी लगानीकर्ताले प्लेनरीमा आफ्ना धारणा र केहि संशय राख्ने कार्यक्रम थियो । आगन्तुकहरुबाट केहि प्रश्न समेत लिईएको कार्यक्रममा मन्त्रीहरुको प्रस्तुति सबै भन्दा झुर देखियो ।

हलमा भएको छलफल र उठेका प्रश्नहरुको जवाफ दिँदै सेसन अन्त्य गर्नुपर्ने मन्त्रीहरुले क्वार्टरमा अघिल्लो दिन तयार पारिएको ३ पन्ने भाषण पढेर सुनाएका थिए, त्यो पनि अन्त्यन्तै झुर उच्चारणमा । मन्त्री बास्कोटाले छलफलमा उठेका कुनै पनि प्रश्नहरुको जवाफ दिएनन्, खाली अघिल्लो दिन तयार पारिएका लिखित भाषण सुनाए ।

मन्त्री पुनको अवस्था पनि त्यो भन्दा फरक देखिएन, उनले पनि केहि पानाको लिखित भाषण पढेर सुनाए । छलफल एकातिर थियो भने मन्त्रीहरुको प्रस्तुति अर्कै तिर केन्द्रित देखिन्थ्यो । विहानै देखि खिन्न मुद्रामा सोल्टी होटलमा बसेका मन्त्री मात्रिका प्रसाद यादवको प्रस्तुति त झन बिर्सन लायक नै थियो । उनका हरेक वाक्यहरुले दर्शक दिर्घामा बस्नेहरु हास्थे । उनी लगानीकर्ताका हितमा राम्रो कुरा भन्ने प्रयास त गर्थे तर उनको भाषिक सुद्धतामा समस्या देखिन्थ्यो । उनले ‘इदर उदर’ भनेर अंग्रेजी भाषामा हिन्दी मिसाएपछि हलमा हासोको पर्रा फुटेको थियो । सहभागीहरु पेट मिचिमिचि हासिरहेका थिए ।

त्यति मात्रै होइन, उनले ‘ एभ्री वडी नो अटोमोशन, (घडि हेर्दै) नो टाईम एक्सप्लानेशन’ भन्दा त झन हलको माहोल नै अर्कै बनेको थियो । मन्त्री यादवले आफ्ना धारणा राख्दै गर्दा बिचबिचमा कार्यक्रममा सहजकर्ताको भूमिका रहेका उद्यमी प्रदिप कुमार श्रेष्ठले थप स्पष्ट पार्ने प्रयास गरिरहेका थिए ।

शुक्रबार मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि सम्बन्धी, मन्त्री यादवले उद्योगमा लगानीको सम्भावना र रोजगारी तथा मन्त्री पुनले उर्जा सम्बन्धी प्लेनरीको अध्यक्षता गरेका थिए ।

के अनिवार्य हो अंग्रेजी
विदेशी भाषामा सबै दख्खल हुनै पर्छ भन्ने छैन तर नजान्दा नजान्दा त्यस्तो भाषाको प्रयोग गरेर हासी मजाकको पात्र बन्न भने देशको प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई शोभा दिँदैन् । अंग्रेजी भाषामा दख्खल नहुनेहरुले दोभासेको उपयोग गरेर नेपाली भाषामै आफ्ना कुरा दमदारसँग राख्न सकिन्छ । त्यसले नेपालीपनको संरक्षण गर्छ र आफ्ना कुरा विदेशीलाई बुझाउन पनि सकिन्छ ।

अन्टसन्ट अंग्रेजी बोलेर चाहिएको सन्देश दिन नसक्नु लज्जाकै बिषय हो । अंग्रेजी जान्नै पर्छ भन्ने छैन तर नजानिएको अंग्रेजी बोलेर यति ठूलो मञ्चमा आफ्नै प्रतिष्ठा र देश चलाउनेहरुको हैसियत उजार गर्नु भने पक्कै उपयुक्त हुन्न । कुनै कुरा नजान्नु गलत होइन, तर नजान्दा नजान्दै पनि सबथोक जान्दछु भनेर कुरा बिगार्नु चाँही महाभुल हो, जुन शुक्रबार ३ जना मन्त्रीहरुले गरे ।

कमजोर व्यवस्थापन
लगानी सम्मेलनको व्यवस्थापन अपेक्षाकृत व्यवस्थित देखिएन् । विदेशी पाहुनाहरु बस्ने ठाउँको अभाव उभिएको, यत्र तत्र भौँतारिएको दृश्य देखिन्थ्यो । मञ्च व्यवस्थापन र साउण्ड सिस्टम पनि त्यति भरपर्दाे देखिएन् । कतिपय वक्ताहरुले बोल्दा माइकले काम नगरेको अवस्था थियो । बस्ने ठाउँ, खाने ठाउँ, परियोजनाबारे थप बुझ्नका लागि तोकिएको ठाउँ कहि पनि राम्रो व्यवस्थापन देखिएको थिएन् । तै पनि सम्मेलनमा सहभागीहरुमा उत्साह भने राम्रै देखिन्थ्यो ।(विकास न्युजबाट)

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top