विराटनगर : सामान्यतया बिहेपुर्व नै दाइजोको छिनोफानो हुने गर्छ ।खासगरी मधेसी समुदायमा दाइजो स्वरुप दिईने रकम र अन्य वस्तु विवाह हुनुपुर्व नै बुझाउनु पर्ने मान्यता छ ।
तर माग अनुसार दाइजोको वाचा पुरा गरेर विवाह भएको एक महिनापछि फेरी मागेको कार नदिँदा एक महिलाको विचल्ली भएको छ । दाईजोमा कार नदिएकै कारण श्रीमान र सासु मिलेर डेढ वर्षे छोरीका साथ घरबाट निकालिएकी ती महिला विचल्लीमा परेकी हुन् ।
भारतको फारबिसगञ्ज–२४ की २३ वर्षीया जिमी कुमारीलाई श्रीमान चन्दनकुमार दास र सासु सरितादेवीले बिहेपछि मागेको कार नदिएको भन्दै कुटपिट गरी घरबाट निकालिदिएपछि दुधेबालिकासहित बिचल्लीमा परेकी हुन् । विराटनगर– १५ निबासी चन्दनसँग २०७३ फागुन १९ गते जिमीको परम्परागत बिहे भएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।