×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको छानबिन समितिको निष्कर्ष, सीआइबी टोली छानबिनमा

१६ चैत्र २०७५

सौरव यादव

राजविराज, चैत १६
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत लगातार दुई दिनको परीक्षामा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न स्थानीय स्तरमा गठित छानबिन समितिले सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

एसईईको परीक्षामा विज्ञान र सामाजिक विषयको परिक्षाको प्रश्नपत्र परीक्षा अगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानीय प्रशासनद्वारा तिन दिन अघि गठित चार सदस्यीय छानबिन समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

चार सदस्यीय सो छानबिन समितिमा शिक्षा विकास तथा समन्वय इकाई शाखाका अधिकृत छबि खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गुरु प्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धानका सहायक प्रमुख मुकेश यादव तथा सशस्त्र प्रहरी बल नं. ६ गणका सहायक प्रहरी निरिक्षक सन्जु खत्री रहेका थिए ।

समितिको तर्फबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोलीले परीक्षा केन्द्रहरुमा प्रश्नपत्र पु¥याउनका लागि कायम गरिएको सबै १७ वटै इलाका तथा ३४ वटै परीक्षा केन्द्रमा पुगेर छानबिन गरेको तथा छानबिनको क्रममा यस जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको पुष्टि भएको दाबी गरे ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले टोलीका अलावा आफूहरुले पनि परीक्षा केन्द्रहरुमा प्रश्न पत्र पठाउनु अघिको प्रक्रिया, दस्तावेज, प्रश्नपत्रको शिलबन्दी र त्यसको भिडियो लगायतका सबै अवस्था बारे सुक्ष्म अनुसन्धान गरेको र जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षमा पुगेको बताउँदै भ्रम र हल्लाको पछाडी नलाग्न सबैसँग अनुरोध गरे ।

सीआइबी टोली छानबिनका लागि राजविराजमा
एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि छानबिन गर्न प्रदेश प्रहरीको ब्यूरो र नेपाल प्रहरीको केन्द्रि अनुसन्धान ब्यूरो (सीआइबी) को टोली राजविराज पुगी छानबिन थालेका छन् । टोलीले आइटी विशेषज्ञको सहयोग लिई काम सुरु गरिसकेको प्रजिअ पौडेलले जानकारी दिए । यता परीक्षा रद्द भएको बिरोधमा शनिबार पनि जिल्लाको विभिन्न स्थानमा विद्यार्थीहरुले चक्काजाम र टायर बालेर प्रदर्शन गरेका छन् ।

Advertisement

सदरमुकाम राजविराजको गजेन्द्र चौक र जनआन्दोलन चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत बरमझिया, कडोरबोना, खरचुईया, कठौना, कल्याणपुर लगायतका स्थानहरुमा पनि विद्यार्थीहरुले चक्काजाम र प्रदर्शन गरेका छन् । उनीहरुले प्रश्नपत्र आउट गराउनेको अविलम्ब पत्ता लगाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top