विराटनगर, चैत १६
विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले विज्ञान संकायका ७ सय ५ जना विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो ।
विदाई कार्यक्रममा विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गर्नुका साथै कलेजको लिएको आन्तरिक, हिसान र माध्यामि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । विदाई कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापकहरु : डा. भविन्द्र निरौला, भरत दाहाल, उमेन्द्र विलाश लुइटेल , विकाश खनाल तथा प्रध्यापक कृष्ण वस्ती, विमल भट्टराई लगायतले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । कक्षा १२ बाट विदाई हुने विद्यार्थी सबुनम सुब्बा कलेजमा वितेको दुई वर्षको अनुभव सुनाएकी थिइन् ।











