×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

आईपीएल : सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित, नायक बने रबडा, सन्दीपको बलिङ सबैभन्दा सस्तो

१७ चैत्र २०७५

एजेन्सी, चैत १७
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले जित हात पार्न सफल भएको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोटलामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

Advertisement
Advertisement

लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ५५ बलमा ९९ रन बनाइ दिल्लीलाई जितको नजिक पु¥याएका थिए । १९ औं ओभरमा शा आउट भएपछि दिल्लीको इनिङ धरमराएको थियो । १९ औं ओभरको तेस्रो बलमा लोकी फर्गुसनको बलमा ठूलो शट प्रहार गर्न खोज्दा विकेटकीपर दिनेश कार्तिकले क्याच आउट गरेपछि उनी शतक बनाउन चुकेका हुन् । अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएकोमा कोलकात्ताका कुलदीप यादवले एक विकेट लिँदै ५ रनभन्दा बढी जोड्ने अवसर दिएनन् र खेल बराबरी भयो ।

सुपर ओभरमा पहिले क्याटिङ गरेका दिल्लीका ब्याट्सम्यानले १ विकेट गुमाइ १० रन जोडेका थिए । कोलकात्तालाई ११ रन बनाई जिताउन वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल र साथमा कप्तान दिनेश कार्तिक क्रिजमा खडा भएका थिए। उनलाई रोक्न बलिङमा दिल्लीले दक्षिण अफ्रिकाका दायाँ हाते फास्ट बलर कागिसो रबाडालाई पठायो । पहिलो बलमा नै चौका प्रहार गरेका रसेल दोस्रो बल डट खेले र तेस्रो बलमा बोल्ड हुन पुगे । त्यसपछिका बलमा रबाडाले कोलकात्ताका ब्याट्सम्यानलाई बाउन्ड्रि हान्ने अवसर दिएनन् । सुपर ओरभमा कोलकात्ताका ७ रन मात्रै बन्यो ।

पहिलाको इनिङमा ४ ओभरमा ४१ रन दिएर सबैभन्दा महंगो बनेका रबाडा सुपर ओभरमा कसिलो बलिङ गरी खेल जिताउन सफल भए । आईपीएल यस सिजनमा पहिलो पटक खेल्ने मौका पाएका नेपालका लेग स्पीनर सन्दीप लामिछाने ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । यस खेलमा सन्दीपको बलिङ दिल्लीका लागि सबैभन्दा किफायती हो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, शिखर धवन १६ र ऋषभ पन्त ११ रन बनाए । कोलकताका कुलदीप यादवले २ तथा आन्द्रे रसेल, पियुष चावला र लोकी फर्गुसनले समान १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकता कुनै समय ६१/५ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याए । १७.५ ओभरमा क्याच आउट हुनु अघि रसेलले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६२ रनको महत्वपूर्ण योगदान दिए ।

कोलकतालाई आन्द्रे रसेल र दिनेश कात्तिकले ९५ रनको साझेदारी गर्दै प्रतिस्प्रर्धात्मक योगफल सम्म पुर्याउन सफल भएका हुन् । कात्तिकले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडे । दिल्लीले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा विशाल लक्ष्य पाएको हो । पियुष चवाला १२ र कुलदीप यादव १० बटुले ।

सन्दीपलले दिल्लीलाई पहिलो सफल दिलाउने क्रममा चौथो ओभरको चौथो बलमा निखिल नाईकलाई ७ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । छैटौं ओभरको अन्तिम बलमा रोविन उथप्पालाई हर्ष पर्टेलले ११ रनमा एलवी डब्लू आउट गरे । लगतै सातौ ओभरको पाँच बलमा कागिसो रबडाले विकेटकीपर ऋषभ पन्तबाट उत्कृष्ट क्याच गराउँदै ओपनर क्रिस लिनलाई २० रनमा आउट गरे ।

आठौं ओभरको पहिलो बलमा हर्ष पटेलले नितेश रानालाई १ रनमा क्याच आउट गरेपछि कोलकता कमजोर अवस्थामा पुगेको थियो । दिल्लीका लागि सन्दीप लामिछानेले  १ , हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।

सन्दीपको ४ ओभर

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे । नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

दशौं ओभरमा पहिलो बलमा नै शुभ्मन गिल रनआउट भएपछि दिल्ली बलियो स्थितिमा पुग्यो । १२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे । जसले गर्दा अन्य ओभरको तुलनामा केहि महँगो सावित हुन पुगे । सन्दीपले यस ओभरमा १७ रन खर्चिएका थिए ।

Advertisement
Advertisement

सन्दीपको विकेट हेर्न यहाँ क्लिक् गर्नुहोस्

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top