×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

होटल रत्नाबाट मजदुरले ७४ लाख पारिश्रमिक पाएनन्

१७ चैत्र २०७५

विराटनर, चैत १७
विराटनगर स्थित रत्ना होटलका मजदुरहरुले श्रम अदालत र सर्वोच्चले गरेको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका गुहार्न बाध्य हुने चेतावनी दिएका छन् । विराटनगर महानगरपालिका ११ मा रहेको रत्ना होटल प्रालिले काम गर्ने मजदुरहरु केशवबहादुर बुढाथोकी, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई पारिश्रमिक दिन गरेको सर्वोच्चको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका ढकढकल्याउन बाध्य हुने चेतावनी दिएका हुन् ।

आइतबार पत्रकार सम्मेलनको आयोजनागरि उनीहरुले होटल संचालककले अदालतको फैसला अनुसार पारिश्रमिक दिन आनाकानी गरिरहेको बताएका छन् । काम गर्दै आएका कर्मचारीहरुलाई २३ भदौ २०६८ मा गैरकानूनी रुपमा कामबाट हटाएको भन्दै पारिश्रमिक र क्षतिपूर्ति दाबी गर्दै चार जना मजदुरहरुले श्रम अदालतनमा मुद्दा दर्ता गराएका थिए । क्त मुद्दाउपर श्रम अदालतले मजदुरको पक्षमा फैसला गरेको थियो । तर, होटल रत्नाका संचालक थापाले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि मजदुरकै पक्षमा फैसला गरेको थियो ।२२ असार २०६९ मा श्रम अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्चले २७ असार २०७५ मा मजदुरलाई २३ भदौ २०६८ देखिको पारिश्रमिक र सुबिधा १५ दिनभित्र उपलब्ध गराउन होटल रत्नालाई आदेश गरेको थियो ।

Advertisement
Advertisement

Advertisement

सर्वोच्चले गरेको फैसलालाई पनि अटेर गर्दै पाउनु पर्ने सेवा सुबिधा दिन अटेर गरेको स्वतन्त्र होटल मजदुर युनियन विराटनगरका अध्यक्ष अर्जुन राईले बताए । उनंले फैसला अनुसारको पारिश्रमिक दिन होटलले आनाकानी गरेमा अदालतको मानहानी गरेको आरोपमा मजदुरहरु अदालत गुहार्न बाध्य हुने बताए । चारजना मजदुरले माघ मसान्तसम्म ७४ लाख रकम पाउनुपर्ने दाबी समेत गरेका छन । यता होटल रत्नाका संचालक रेवतबहादुर थापाले भने श्रम कार्यालय र अदालतले आफूमाथि अन्याय गरेको बताउँदै आएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top