कान्तिपुर कलेजको चौथो वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

१८ चैत ७५, सोमबार
Share this
705shares

विराटनगर, चैत १८
विराटगर–१० स्थित कान्तिपुर कलेजले आफ्नो चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।वार्षिक उत्सवको अवसरमा आईतबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।

Advertisement

सोही अवसरमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापक संकायका ७ सय १४ जना विद्यार्थीहरुलाई विदाई समेत गरिएको थियो । विदाई हुने विद्यार्थीहरुलाई कलेजल मायाको चिनो प्रदान गरीे विदाई गरेको हो ।

बार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघिय सांसद शिवकुमार मण्डलले शिक्षामा रहेको चुनौती र कठिनाईहरु समाप्त गर्दै लैजानु पर्ने बताए । उनले सरकारी तथा निजी स्कूलमा भएको विभेदलाई अन्त्य गर्ने बताए ।

Advertisement

 

Advertisement

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त,विराटनगर प्याब्सनका अध्यक्ष ईन्द्र राई, विराटनगर प्याब्सनका कोषाध्यक्ष शिव अधिकारी, प्याव्सन मोरङका पूर्व अध्यक्षद्वय सुनिल पौडेल र सावित्री पराजुली ,कलेजका सञ्चालकहरु ः प्रा.डा.तेजनारायण मण्डल,रोशन राजवंशी र भुवन नेपाल तथा कलेजका सीइओ विष्णु दाहाल लगायतले बोलेका थिए ।

कार्यक्रम कलेजका प्रिन्सिपल सन्तोष भगतको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top