बारा-पर्सामा भिषण हावाहुरीः मृतकका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने

१८ चैत २०७५, सोमबार
Share this
718shares

जनकपुरधाम, चैत १८
बारा, पर्सा लगायतका जिल्लामा आइतबार राति हावाहुण्डरीबाट भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार बिहानै बसेको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

Advertisement

प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top