काठमाडौं, चैत १८
बारा–पर्सा हावाहुरीमा घाइते भएका ६ जनालाई नेपाली सेनाको स्काई ट्रकले काठमाडौं लगेको छ । भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।
घाइते लग्न सेनाका दुई एम आई १६ हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । घाइतेलाई उपचारका लागि वीर र त्रिवि शिक्षण अस्पतालमा लगिदै छ ।
प्रधानमन्त्री ओलीलाई लिन सेनाको हेलिकप्टर झापा जाने तयारीमा छ । ओलीले हावाहुरीबाट क्षति भएको क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताइएको छ ।