गोरखा, २ माघ ः तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले तीन वटा बाघको छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही गर्न जिल्ला वन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो ।
(रासस)