NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर

बुधबार चैत्र २० , २०७५
Reading Time: 1 min read
A A
वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं,चैत २०

सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ । सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाउने सङ्केतका आधारमा सम्बन्धित स्थानीय वन अधिकारीलाई डढेलोको सूचना स्वचालित रुपमा दिने प्रणालीको विकास गर्न लागिएको छ ।

वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा वन तथा भू–संरक्षण विभागमा स्थापना गर्न लागेको कक्ष एक सातामा सञ्चालनमा ल्याइने कक्षका सम्पर्क व्यक्ति सुन्दर शर्माले जानकारी दिए ।

LS Auto

नासाको स्याटलाइटले गुगलअर्थमा निरन्तर पठाउने डढेलोसम्बन्धी तस्वीर ‘अग्नि नियन्त्रण कक्ष’मा रहेको ठूलो आकारको डिस्प्ले मोनिटरमा देखिने बित्तिकै सम्बन्धित वन अधिकारीलाई डढेलोको सूचना प्रवाह हुनेछ । जुन तस्वीर ९५ प्रतिशतभन्दा बढी विश्वासनीय हुन्छ ।

नेपालमा पहिलो पटक स्थापना हुन लागेको यो मोडेल दक्षिण एशियामा नै पहिलो भएको विभागको दाबी छ । कक्षमा आवश्यक प्रविधि जडानको कार्य अन्तिम चरणमा पुगेको छ भने हाल पाँच जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

‘मोनिटरमा तत्काल कहाँ कहाँ आगो लागेको छ भनी देख्न सकिन्छ र आगो लागेको देखिने रातो सङ्केतका आधारमा सरोकारवाला अधिकारीलाई एसएमएसमार्फत सूचना जान्छ’ डढेलो विज्ञसमेत रहेका शर्माले भने । यो प्रणाली सञ्चालन गर्न विभागले सबै डिभिजन र सब डिभिजन वन कार्यालयका अधिकारी र अन्य सरोकारवाला व्यक्तिको नम्बर तथा विस्तृत जानकारी लिइसकेको छ ।

मोनिटरमा देखिने आगोका सङ्केतमा क्लिक गर्दा कुन जिल्ला, कुन स्थानीय तह, कुन वडा र कुन टोल वा बस्ती नजिक तथा कुन जङ्गलमा आगो लागेको हो भन्ने जानकारी देखिन्छ । सोही सूचनाका आधारमा ती इमेल र मोबाइल नम्बरबाट सूचना स्वतः प्रवाह हुन्छ ।

उनले भने, ‘यो प्रणालीअन्तर्गत नासाको स्याटालाइटले जमीनमा कम्तीमा १०० मिटर ग्रिडसम्मको आगोको बारेमा मात्र सङ्केत दिने गर्छ । सानातिना आगो वा घरका छानाले ढाकेका आगो नदेखिन सक्छ ।’

वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो

सूचना पाएपछि सम्बन्धित वन अधिकारीले स्रोत साधनले भ्याएसम्म आगो निभाउने र बस्ती वरपरका आगलागीका बारेमा सर्वसाधारणलाई सूचित गर्ने मन्त्रालयका प्रवक्ता डा.सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । हरेक जिल्लामा आगो निभाउन सुविधा सम्पन्न प्रविधिसहित समूह बनाउने मन्त्रालयको तयारी छ । यद्यपि डढेलो नियन्त्रणका लागि प्रतिकार्य गर्न स्थानीय वन कार्यालयसँग हाल पर्याप्त क्षमता भने छैन ।

नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानी–जानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट वनमा आगलागी हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको छ ।

पशुपालनका नयाँ पालुवा आउने उद्देश्यले सुकेका पातमा आगो लगाउने गरिन्छ । तसर्थ यो जनताको जीविकोपार्जनसँग सम्बन्धित भएकाले यसमा वैकल्पिक व्यवस्थाका बारेमा सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । वन डढेलोले आगलागीको घेरामा परेर मानिसको मृत्यु हुने, धनसम्पत्ति, बस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा असर पर्ने गरेको छ ।

प्रवक्ता डा.ढुङ्गानाले डढेलो नियन्त्रणका लागि नियमित वार्षिक कार्यक्रमका रुपमा जिल्ला वन कार्यालयबाट तालीम, गोष्ठी, जनचेतना, प्रचार सामग्री प्रकाशन, सुरक्षा निकायसँग समन्वय, वन डढेलोजस्ता सञ्जाल गठनलगायत कार्यक्रम गर्दै आएको बताए ।

मन्त्रालयले स्थानीय कार्यालयमार्फत वन डढेलो नियन्त्रणका लागि पानी झोला, दमकल, जेनेरेटर, अन्य आवश्यक उपकरण परिचालन गरिरहेको उनको भनाइ थियो । प्रत्येक वर्ष चैत वैशाखको सुख्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

वनमा नियतवस, अन्जानमा र दुर्घटनावस मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू–वनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावर बढी क्षति हुने गरेको छ । सन् २०१८ मा वन डढेलोबाट चार जनाको निधन भएको थियो भने एक घाइते भएको विभागको तथ्याङ्क छ ।

–भीष्मराज ओझा/रासस

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.