स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

१ असार ८३, मंगलबार

२ असार , काठमाण्डौ ।

गएरातिको खेलपछि केप भर्डेका गोलकिपर भोजिन्हा मैदानमामात्रै होइन अहिले सामाजिक संजालमा पनि हाईहाई बन्न पुगेका छन् । हिजो स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगेको छ ।

सन् २०१० को विश्वविजेता स्पेनलाई बराबरीमा रोक्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए । खेलभरि स्पेनले लगातार आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए । केप भर्डे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ ।

Advertisement

उक्त खेलमा भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । म म्यान अफ द म्याच भएपछि उनले भने, ‘यो अवार्ड मेरा सबै सहकर्मी खेलाडीहरूका लागि हो । म निरन्तर मेहनत गरिरहनेछु ।’ उत्कृष्ट प्रदर्शनका कारण उनले फुटबलप्रेमीहरुबाट समर्थन र प्रशंशा पाइरहेका छन् ।

खेलपछि उनको इन्सटाग्राम फलोअर्स ह्वात्तै बढेको छ । खेलअघि भोजिन्हाको इन्सटाग्राममा ५० हजारभन्दा कम फलोअर्स थिए । अहिले फलोअर्स ५० लाखमाथि पुगिसकेको छ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा स्पेनलाई हायलकायल पार्नु चानचुने कुरा होइन, त्यो पनि नवप्रवेशी टोलीले । तर, केपभर्डेका गोलरक्षकका अगाडि स्पेनको केही जोर चलेन ।

Advertisement

४० वर्षको उमेरमा विश्वकपको मैदानमा चम्कने भोजिन्हा स्पेनसामु पर्खालझैँ बनिरहे । खेलको सुरुआतमा स्पेन आफ्नो परिचित शैलीमा आक्रामक बनिरह्यो । पहिलो हाफमा स्पेनका स्ट्राइकरले गरेका तीन प्रहार गोल हुने किसिमका थिए । भोजिन्हाले ती सबै प्रहारलाई निष्प्रभावी बनाइदिए । पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफमा स्पेनले बल आफ्नो नियन्त्रणमा राख्यो, पासका चक्रव्यूह रच्यो । तर, गोल गर्न सकेन ।

दोस्रो हाफमा पनि स्पेनका चार प्रहार भोजिन्हाले निस्तेज पारिदिए । अन्तिम मिनेटमा स्पेनका मिकेल ओयार्जबलको हेडरलाई भोजिन्हाले औँलाको टुप्पाले छुँदै बल बाहिर धकेलिदिए । लगत्तै रेफ्रीले सिट्टी फुके र स्कोरबोर्डले बराबरीको नतिजा देखायो । स्टेडियममा अन्तिम सिटी बज्नेवित्तिकै क्यामेराहरु भोजिन्हातिर फर्किए ।

जतिबेला आफूले विश्वकपको दाबेदार स्पेनलाई बराबरीमा रोकेर भर्खरै हासिल गरेको ठूलो उपलब्धिको महसुस गर्दै उनको आँखाबाट आँसु बगिरहेका थिए । रंगशालामा भने खुसियाली छायो, ९० मिनेटसम्म निरन्तर चिच्याएर आफ्नो टोलीको हौसला बढाएका केप भर्डेका हजारौं समर्थकहरुले एकअर्कालाई अँगालो हाल्दै, नाच्दै र नतिजाको मज्जा लिदै संगै उत्सव मनाए ।

युरोपेली च्याम्पिय स्पेनविरुद्ध यी अनुभवी गोलरक्षक भाजिन्हाले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाइै गोल खानबाट जोगाए र आफ्नो देशको इतिहासमै सबैभन्दा स्मरणीय नतिजा दिलाए । म्यान अफ दिन म्याचको अवार्ड पाएपछि उनले भने, म हजुरबुवा र हजुरआमासंग हुर्किरहेको हुनाले रोएको हुँ । दुर्भाग्यवस उहाँहरु यहाँ हुनुहुन्न। उहाँहरुको केही वर्षअघि मृत्यु भयो । उहाँहरु मेरोलागि सबथोक हुनुहुन्थ्यो, मेरो जिवनको सर्वस्व हुनुहुन्थ्यो । यसका साथै मेरी आमाका लागि रोएँ । भिसाको कारण उहाँ यहाँ आउन पाउनु भएन ।भिसाका लागि तिर्नुपर्ने पैसाको कारण हामीले समयमै व्यवस्था गर्न सकेनौं । उहाँ यहाँ भइदिएको भए हुन्थ्यो भन्ने मलाई लागेको छ ।

उनले अगाडि थपे, हाम्रो सबैभन्दा राम्रो हतियार भनेकै हाम्रो एकता हो । भोजिन्हाको लागि यो क्षण जिवनभरको पर्खाइको प्रतिफल थियो । जोसिमार डायसको नाममा जन्मिएका यी गोलरक्षकले आफ्नो सम्पुर्ण कयियर विश्वकप खेल्ने सपना पूरा गर्नमै बिताएका छन् ।

जब यो सपना अन्ततः पुरा भयो, यसले एउटा इतिहास पनि रच्यो । ४० वर्ष र १२ दिनको उमेरमा उनी कुनै पनि राष्ट्रको विश्वकप डेब्यु खेलमा खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् । अफ्रिकाको पश्चिमी तटबाट करिब ६ सय किलोमिटर टाढा रहेको केप भर्डे एउटा सुन्दर तर छुट्टिएको टापु राष्ट्र हो, जहाँ युवा फुटबलरहरुका लागि सीमित अवसरहरु छन् ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top