बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

२ असार , काठमाण्डौ ।

हालै इरानसंग युद्धविराम सम्झौता गर्न सहमति जुटाएको अमेरिकाले आफ्नै आकाशमा आफ्नो एक शक्तिशाली बी ५२ बमवर्षक विमान दुर्घटनामा गुमाएको छ । दक्षिणी क्यालिफोर्नियास्थित एड्वड्र्स एअर फोर्स बेसबाट उडान भर्ने बित्तिकै अमेरिकी वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ ।

सोमबार स्थानीय समय अनुसार बिहान ११ः२० बजे विमान नियमित परीक्षण उडानमा रहेका बेला उक्त दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाँको मुस्लो देखिएको थियो, जुन माइलौँ टाढाबाट समेत स्पष्ट रूपमा देखिन्थ्यो ।

Advertisement

एअर फोर्स बेसका कर्नल जेम्स हेसले दिउँसो आयोजित पत्रकार सम्मेलनमा दुर्घटनालाई ठुलो त्रासदीको रूपमा वर्णन गर्दै आठ जना महान् अमेरिकीहरूलाई गुमाउनुपरेको बताएका छन् । उनले मृतकहरूमा सैन्य अधिकारी, सरकारी नागरिक कर्मचारी र सरकारी ठेकेदारहरू सम्मिलित मिश्रित टोली रहेको जानकारी दिए ।

मृतकका परिवारलाई घटनाबारे जानकारी गराइँदै गरेको र त्यसको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने कर्नल हेसले बताए । दुर्घटना पूर्ण रूपमा एड्वड्र्स एअर फोर्स बेसको धावनमार्ग भित्रै सीमित रहेको र बेसले आफ्ना उडान अपरेसनहरू तत्कालका लागि स्थगित गरेको छ ।

Advertisement

उक्त विमान बेसको राडार आधुनिकीकरण कार्यक्रमलाई सहयोग पु¥याउने कार्यमा संलग्न रहेको र उडान भर्ने बित्तिकै खसेर आगोको डल्लोमा परिणत भएको थियो । दुर्घटनाको प्रारम्भिक भिडियो फुटेजहरूको अध्ययनपछि यसलाई नियन्त्रण बाहिरको र कोही पनि जीवित रहन नसक्ने दुर्घटनाको रूपमा वर्गीकरण गरिएको छ।

दुर्घटनाको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन र यसका लागि विभिन्न चरणमा अनुसन्धान गरिनेछ। प्रारम्भिक अनुसन्धानका लागि ३० दिन लाग्न सक्ने र दुर्घटनाको गहिरो विश्लेषणसहितको पूर्ण अनुसन्धान सम्पन्न हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्ने बताइएको छ ।

यसैबिच, विमान निर्माता कम्पनी बोइङले एक छुट्टै विज्ञप्ति जारी गर्दै दुर्घटनामा आफ्ना दुई जना कर्मचारीको पनि मृत्यु भएको पुष्टि गरेको छ। कम्पनीले पीडित परिवारहरूसँग सम्पर्क गरिरहेको बताए पनि थप विवरण दिन अस्वीकार गरेको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस दुर्घटनालाई गम्भीर र दुःखद घटना भनेका छन् ।

उनले पीडित परिवार र एड्वड्र्स एअर फोर्स बेस समुदायप्रति गहिरो समवेदना प्रकट गरेका छन् । दुर्घटनापछि सार्वजनिक भएका हवाई फुटेजहरूमा विमान खसेको क्षेत्र पूर्ण रूपमा जलेको र धुवाँ आउलाउ गरिरहेको देखिएको छ। एअरकास्ट बेसले विमानस्थल बन्द गरिएको र आउने सबै विमानहरूलाई अन्यत्र डाइभर्ट गरिएको जनाएको छ।

साथै, आपत्कालीन उद्धार कार्यमा पूर्ण रूपमा केन्द्रित हुनका लागि गैर–व्यावसायिक आगन्तुक पासहरू पनि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ। बोइङ बी–५२ स्ट्रेटोफोट्र्रेस विमानलाई अमेरिकी सेनाले सन् १९५० को दशकदेखि प्रयोग गर्दै आएको छ ।

यसको विशाल आकार र बनावटका कारण यसलाई द बफ अर्थात् बिग अग्ली फ्याट उपनामले पनि चिनिन्छ। यो एक लामो दूरीको रणनीतिक बमवर्षक विमान हो, जसले हालै अमेरिका र इजरायलको इरानसँगको युद्धका क्रममा बमबारी अभियानहरूमा समेत भाग लिइरहेको थियो ।

व्यावसायिक यात्री विमानहरू करिब ३५,००० फिटको उचाइमा उड्ने गर्छन् भने यो विशाल बमवर्षक विमान ५०,००० फिटको उचाइसम्म उड्ने क्षमता राख्दछ। यसले ३२,००० किलोग्राम सम्मको वजन बोक्न सक्छ, जसमा सयौँ परम्परागत बम र ३२ वटा आणविक क्रुज मिसाइलहरू समावेश हुन सक्छन्।

उडानकै क्रममा हावामै इन्धन भर्न सक्ने भएकाले यसको मारक क्षमताको दायरा असीमित मानिन्छ । यसै विमानले २० औँ शताब्दीको मध्यतिरको शीतयुद्धका बेला अमेरिकाका लागि एक बलियो ‘आणविक छाता’ को काम गरेको थियो। सामान्यतया यस्ता विमानहरूमा कमान्डर, पाइलट, राडार नेभिगेटर, नेभिगेटर र इलेक्ट्रोनिक वारफेयर अफिसर गरी पाँच जनाको टोली रहने गर्दछ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौतामा उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर गर्ने बताएका छन् । स्विट्जरल्यान्डमा हुने शान्ति सम्झौताको अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व जेडी भान्सले गर्ने भएका छन् ।

न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै संचारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्प र भान्स दुवैले इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफसँग सम्झौताको मस्यौदामा डिजिटल हस्ताक्षर गरिसकेको बताएका छन् । फ्रान्समा सोमबार सञ्चारकर्मीहरूसँग ट्रम्पले भान्स हस्ताक्षर समारोहमा सहभागी हुने जानकारी दिएका हुन् ।

यद्यपि, उनले आफू स्वयं कार्यक्रममा सहभागी हुने वा नहुने विषयमा स्पष्ट जानकारी दिएनन् । “सम्झौता पत्रको पूर्ण पाठ शुक्रबारपछि कुनै पनि समय जारी गरिनेछ,” ट्रम्पले भने । एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले शान्ति सम्झौतामा आइतबार नै डिजिटल हस्ताक्षर सम्पन्न भइसकेको र यसको पूर्ण विवरण यस हप्ताको अन्त्यसम्म सार्वजनिक हुन सक्ने बताएका छन् ।

भान्सले एबीसी न्युजको कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा भने, “हामीले यो सम्झौतामा हिजो (आइतबार)नै डिजिटल रूपमा हस्ताक्षर गरिसकेका छौँ ।” यो सम्झौता पाकिस्तान, कतारलगायत विभिन्न मध्यस्थकर्ता देशहरूको सहकार्यमा तयार पारिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका अनुसार, यस सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा आयोजना गरिनेछ । न्युयोर्क टाइम्सका अनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले रणनीतिक होर्मुज जलमार्ग शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याइने र तेल तथा ग्यासको आपूर्ति सहज बनाउन ठूला ट्यांकरहरूलाई प्राथमिकता दिइने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top