धनकुटा, माघ ३
प्रदेश नं १ को राजधानी धनकुटामा तोकिनुपर्ने माग राख्दै भन्दै धनकुटाका स्थानियले पुनः अनिश्चितकालीन् बन्दको घोषणा गरेका छन् ।
धनकुटालाई प्रदेशको राजधानी बानाउन संघर्ष समितीले बुधबारबाट आम हड्तालको घोषणा गरेको हो ।
बन्द घोषणा पश्चात पहाडी जिल्ला जाने यात्रुहरु भेडेटार मा अलपत्र बनेका छन् । यस्तै, बन्दले जिल्लाभित्रको जनजीवन समेत प्रभावित बनेको छ ।