ओलम्पिक छनोट : नेपाली महिला फेरि भारतसँग पराजित,अघिल्लो चरणको यात्रा समाप्त

२३ चैत ७५, शनिबार
Share this
734shares

एजेन्सी, चैत २३
टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा नेपाली महिला टोली चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।शनिबार म्यानमारमा भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

Advertisement

नेपालको एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । भर्खरै विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै ३–१ ले पराजित भएको थियो ।त्यसअघि ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो । साफ च्याम्पियनसिपमा हार बेहारेको नेपालले एक महिना बित्न नपाउँदै फेरी ओलम्पिक छनोटमा पनि भारतसामु हार बहोर्नुपर्यो ।

खेलमा भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् ।तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।दोस्रो हाफमा भारत हावी भयो । ६० औं मिनेटमा भारतले २-१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३-१ को जित निकाल्यो ।यो हारसँगै नेपालको ओलम्पिक छनौटको यात्रा सकिएको छ ।

Advertisement

यस प्रतियोगितामा नेपालले अब मंगलबार(९ अप्रिल) इन्डोनसिया विरुद्ध खेल्नेछ । समुहको शीर्ष टोलीमात्र अर्को चरणमा पुग्ने छ । नेपाल यसअघि म्यानमारसँग ३–१ गोलन्तरले पराजित भएको थियो । योसँगै भारतले भने लगातार दुई जित निकालिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top