×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

फेरी साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डे भूमिका शंकास्पद

२६ चैत्र २०७५

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतमै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३/७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहाेर्ने सम्मावना छ ।

Advertisement

साझाले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बाेहाेरेकाे थियाे । त्यस्तै, २०७४/७५ मा १ करोड ७८ लाख घाटामा गएको भएकाे वित्तीय विवरण उल्लेख छ ।

बस सञ्चालनमै घाटा

दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३/७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो ।

वार्षिक रुपमा बसहरुको संख्या थप्दै गएसँगै साझाको घाटा पनि थपिँदै गएको हो । साझाले जग्गा र भवनको भाडा तथा बसमा राखिएको विज्ञापनबापत आम्दानी गर्दा मात्रै खुद घाटाको आकार अघिल्लो वर्षको भन्दा कम भएको देखाएको हो । मुख्यतः बस सञ्चालन घाटा चुलिँदै जाँदा साझालाई फेरि विगतको जस्तै रुग्ण अवस्थामा पुर्याउने देखिएको छ ।

महानगर भित्र अधिक व्यस्त रुटहरुमा साझाले बस सञ्चालन गर्न अनुमति पाएको छ । ठूला बसहरु भएका कारण अन्य बसहरुको भन्दा तुलनात्मक रुपमा सञ्चालन लागत  कम छ । सरकारी अनुदानमा बसहरू किनिएकाेले न ऋणकाे व्याज तिर्नु परेकाे छ, न लगानीकर्तालाइ लामांश दिनु परेकाे छ ।

साथै, सरकारले सित्तैमा दिएकाे जग्गा,  भवन र पार्किङस्थल र पेट्रोलपम्प साझाकाे स्वामित्वमा छ । यी पूर्वाधारबाट साझाले अतिरिक्त आम्दानी गर्दै आएकाे छ । यस्ताे अवस्थामा साझा यातायात पुन घाटामा जानुलाई सरोकारवालाहरुले व्यवस्थापकहरूकाे नियत र क्षमतामा प्रश्न गरेका छन् ।

तर चुलिँदै गएको घाटाका सम्बन्धमा साधारणसभामा समेत अध्यक्ष कनकमणि दीक्षितले न त कुनै चिन्ता व्यक्त गरे न त त्यसलाई सुधार्ने प्रतिवद्धता नै । ६ पृष्ठ लामो लिखित मन्तव्य दिएका उनले केही समय साझाको विगत र वर्तमानमा खर्चदा अधिकांश समय काठमाडौं महानगरपालिका लगायतका ‘दातृ’ निकायहको प्रशंसामा नै खर्चिए । बरु उनले काठमाडौं महानगरपालिकालाई पैसा थप्न लगाएर थप २० ओटा बस सञ्चालनमा ल्याउने घोषणा गरे ।

सञ्चालन र व्यवस्थापनको मिलेमतोमा ‘ठगी’

साझामा सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापनका प्रमुखको मिलेमतोमा घोटाला हुने गरेको स्रोतले जनाएको छ । साझालाई सेन्टिमेन्टसँग बेचेर आर्थिक लाभ उठाउन अध्यक्ष कनकमणि दीक्षित र प्रबन्धक महेन्द्रराज पाण्डेले संस्थालाई बन्धक बनाएको आरोप सरोकारवालाहरुले लगाएका छन् । ठूला डिलहरु अध्यक्षमार्फत् गरेर मिडिया स्ट्रन्ट फैलाउने र प्रवन्धकमार्फत् भित्रभित्रै संस्थालाई खोक्रो बनाउने योजनासहित लागेका कारण संस्था विगतकै स्थितिमा पुग्ने चिन्ता समेत साझा यातायातकै कर्मचारीहरुले गर्न थालेका छन् ।

दीक्षितहरुकै अव्यवस्था र बन्दीका कारण विगतदेखि नै साझाले दूरावस्था भोग्दै आएको थियो । यसै कारण करिब १३/१४ वर्षसम्म साझा पूर्ण रुपमा बन्द अवस्थामा रहन गयो । २०६९ देखि १६ ओटा बस किनेर पुनः सञ्चालनमा आएको साझा यातायातले बस थपिँदै जाँदा घाटा भने उचाल्दै लगेको हो ।

हाल साझामा चालक परिचालक बाहेक ४ जना स्थायी, १६ जना करार र ५ जना दैनिक ज्यालादारीमा कर्मचारी कार्यरत रहेकोमा करार र ज्यालादारीका कर्मचारीहरु समेत साझाको सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । उनीहरु साझाले आफूहरुमाथि श्रम शोषण गरेको अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् ।

महेन्द्र पाण्डे भन्छन्, ‘बस हेर्नुस्, आयव्यय किन चाहियो’

साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले सूचना लुकाउने प्रयास गरेका छन् । पाण्डेसँग साझा यातायातको साधारणसभाबाट पारित वित्तीय विवरणसम्बन्धी सूचना माग गर्दा  कनकमणि दीक्षितले महानगरपालिका र सरकारको भक्तिभावले ओतप्रोत गरेको मन्तव्य दिएर ‘यसैमा सबै छ, वित्तीय विवरण दिन मिल्दैन’ भन्दै सूचना लुकाउने प्रयास गरेका थिए ।

उनले आफ्नो कार्यालयबाट बाहिर निस्केर बसहरु देखाउँदै ‘बसहरु गुडिरहेका छन्, बन्दमा पनि सेवा दिइरहेका छौं, यतिभन्दा तपाईलाई किन चाहियो, यही लेख्नुस्’ भन्दै फर्काएका थिए । दीक्षितका विश्वासपात्र मानिएका पाण्डेले सूचनाको हकबमोजिम उपलब्ध गराउनुपर्ने सूचना समेत नदिएर सार्वजनिक निकायको गतिविधिको सूचना पाउने अधिकारबाट वञ्चित गराउने असफल प्रयास गरेका हुन् ।

स्थिर सम्पत्तिको चरम दुरुपयोग

साझा सहकारीको नाममा हरिहरभवनमा २२ रोपनी जग्गा र अत्याधुनिक भवन छ । तर ती जग्गाहरुबाट साझाले गरेको अाम्दानी जम्मा १ करोड ४७ लाख रुपैंया मात्र हो । अघिल्लो वर्ष १ करोड ५१ लाख रुपैंया त्यस्तो आम्दानी गरेकोमा यो वर्ष यो आकार झन् घट्न पुगेको हो ।

साझाले नेपाल टेलिकम, साझा पसल लगायत ५ व्यक्ति तथा संस्थालाई उक्त जग्गा र भवन भाडामा दिएको छ । तर पुल्चोकको मुख्य भागमा रहेको त्यति मूल्यको सम्पत्तिको उचित रुपमा परिचालन गर्न नसक्दा त्यसको ह्रासकट्टी खर्चभन्दा पनि आम्दानी कम देखिन गएको हो ।

सर्भाइभलको ग्यारेन्टीविनै महानगरको अर्को लगानी

त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्मलाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित काठमाडौं उपत्यकाका केही स्थानीय तहले हतारो गरेका हुन् ।

नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ । अरु स्थानीय तहले समेत काठमाडौंकै पदचाप पछ्याउँदै लगानीमा हतारो देखाएका हुन् ।

हाल चुक्ता पुँजी ४२ करोड ६८ लाख रुपैंया रहेको साझा यातायातमा तीन तहका सरकार वा तिनका निकायहरुको जम्माजम्मी ९९.२३ प्रतिशत शेयर छ । बाँकी ०.७७ प्रतिशत शेयरमध्ये जगदम्बा गुठी, जगदम्बा प्रेस, मदन पुस्तकालय, साझा सेवा पसल, सम्यक बचत तथा ऋण सहकारी लगायत संस्थाहरु र १५४ जना शेयर सदस्यहरु समेतको स्वामित्व छ । ९९.२३ प्रतिशत लगानी गरेकाे सरकारी निकायलार्इ गुमराहमा राख्दै ०.७७ प्रतिशत सेयरधरीले सरकारी कब्जामा लिएका छन् ।

साझामा शेयर भएका संघसंस्थाहरु सबै दीक्षित परिवारकै लगानी भएका संस्थाहरु हुन् । त्यस्तै व्यक्तिगत शेयरधनीको शेयर हिस्सा ५००० रुपैंया देखि १ लाख ८० हजार रुपैंयासम्म छ । महानगरले हाल भएको ३५ प्रतिशत शेयर हिस्सालाई बढाउनेगरी साझामा ठूलो लगानी गर्दैछ ।विकासन्युज

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top