ओलम्पिक छनोट खेलेर महिला फुटबल टोली स्वदेश फिर्ता

ओलम्पिक छनोट खेलेर महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, चैत २८
नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर स्वदेश फर्केको छ । नेपाली टोली बिहीबार स्वदेश फर्केको हो । महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

ओलम्पिक छनोटका लागि नेपालले म्यानमारमा ३ खेल खेलेको थियो ।चार टोलीको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेको थियो । आयोजक म्यानमार ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । नेपालले खेलेका तीन मध्ये २ मा हार र एकमा जित हिसिल गरेको थियो ।आयोजक म्यानमार र भारतसँग पराजित नेपाली टोलीले इन्डोनेसियामाथि भने जित दर्ता गराएको थियो ।

इन्डोनेसियालाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यो सँगै राष्ट्रिय टोलीमा सावित्राले २८ गोल गरेकी छिन् । नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा उनी दोस्रो नम्बरमा छिन् । पहिलो नम्बरमा राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामा रहेकी छिन् । उनको नाममा ३५ गोल छ ।

छनोटका सुरुवाती दुई खेलमा नेपाल म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो । यसै महिना विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग ३–१ ले नै पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.