धरान, चैत ३०
धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको थियो ।
ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोक्किँदा कारमा रहेका एकको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेको प्रहरीले जनाएको छ । कारका चालक गोविन्द बस्नेत भने गम्भीर घाइते भएका छन्। गम्भीर बस्नेतको उपचार भइरहेको छ ।