Nepal Times
Nepal Times
3
Shares

प्रदेश र स्थानीय तहमा ३७ हजार कर्मचारी अपुग

प्रदेश र स्थानीय तहमा ३७ हजार कर्मचारी अपुग

काठमाडौं : कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् ।

कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए ।

यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.