यू–१९ विश्वकप छनोट : नेपाललाई ठुलो झड्का, यूएई एक रनले विजयी

३० चैत ७५, शनिबार
Share this
751shares

एजेन्सी, चैत ३०
यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ छनोट खेल्न मलेसिया पुगेको नेपालले ठुलो झड्का व्यहोरेको छ । आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा शनिबार यूएईसँग डीएल मेथडका आधारमा एक रनले हारेपछि नेपाललाई झड्का लागेको हो ।

Advertisement

मलेसियमा पानीले बिथोलेको खेलमा नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।

नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।तर, वर्षाका कारण खेल डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।

Advertisement

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।

नेपालको यस पराजयले भने छनोटबाट बञ्चित हुने डर बढेको छ । यूएईले भने लगातार दोस्रो जित दर्ता गरेको छ । सबै देशले २–२ खेल खेल्दा कुवेत र ओमानको समान ४–४ अंक छ भने नेपालको र ओमानको २–२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top