एएफसी छनोटका लागि नेपाली महिला टोलीको घोषणा

३ बैशाख ७६, मंगलबार
Share this
739shares

काठमाडौं, बैशाख ३
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी छनोटको दोस्रो चरण खेल्ने नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ ।नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले सरु लिम्वुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

Advertisement

थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । थाइल्याण्डसँग ४–० ले पराजित भएपनि नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । नेपाल रहेको छनोटको समूह ‘ए’ मा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छनन् । नेपालले २६ अप्रिलमा अष्ट्रेलियासँग खेल्दै छनोटको सुरुवात गर्नेछ । अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्ने तालिका छ ।

Advertisement

प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाने तयारीमा छ । नेपालले त्यहाँ चीनको चिन्डु स्टेटको टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

यस्तो छ नेपाली टोली
गोलरक्षकः अन्जना राना मगर, रेबिका राई, उषानाथ
डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर

Advertisement

मिडफिल्डरः सरु लिम्बु (कप्तान), मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।

फरवार्डः रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय ।

मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ
प्रशिक्षक : प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः जमुना गुरुङ
फिजियोः नवीना श्रेष्ठ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top