साढे सात लाख स्मार्ट लाइसेन्स वितरण तर, कार्ड पढ्न ट्राफिकसँग एउटै मेसिन छैन

काठमाडौं : सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभागमा रहेको छ ।

Advertisement

त्यसो त स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार १०० वटा कार्ड रिडर मेसिन उपलब्ध गराइसकेको छ। सफ्टवेयरलगायत आवश्यक प्राविधिक व्यवस्थापन नहुँदा कार्ड रिडर यातायात व्यवस्था विभागमै थन्काइएको छ। यो समाचार आजका नयाँ पत्रिका दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top