प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान

काठमाडौं : सरकारले प्रधानमन्त्री निवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ। अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ।

Advertisement

यो रकम प्रधानमन्त्री निवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको छ। चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ।

त्यसमध्ये प्रधानमन्त्री निवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।, यो समाचार आजको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top