×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मन्त्री पण्डितद्धारा विभिन्न पुर्वाधरको शिलन्यास तथा सुचना प्रविधि हस्तान्तरण

५ बैशाख २०७६

विराटनगर, बैशाख ५
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङका विभिन्न स्थानमा निर्माणहुने पुर्वाधारहरुको शिलन्यास तथा सामुदायीक विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन् ।

Advertisement
Advertisement

मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल सरकारले निर्माण गरिदिने विराटनगर–६ स्थित सरौचियामा मुस्लिम समुदायको सामुदयीक भवन (मुसाफिरखाना)को शिलन्यास गरेका छन् ।

करिब १० करोडको लागतमा निर्माण हुने मुस्लिम कम्युनिटी सेन्टरद्धारा प्रस्तावित सो भवन निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ कारोड रुपैयाँ सहयोग गरेको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

४ कठ्ठा जग्गामा बन्न लागेको सो भवन ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लिले गरेको भवनको डिजाईन अनुसार ६०० स्क्वायर मिटरको ५ तल्ले भवनमा सामाजिक काम विवाह,भोजभतेरका लागि २ वटा हल,बस्नको लागि ३० वटा कोठाहरु तथा पार्किङस्थल रहनेछ भने मुस्लिम समुदायसँग जोडिएका विशेष आकृतिहरु बनाईनेछ ।

सो अबसरमा मन्त्री पण्डितले सबैको सहयोगले भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । उनले मुस्लिम समुदाय सबैभन्दा राष्ट्रवादी रहेको बताउँदै मुस्लिम समुदायको उत्थान र विकासमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार सदैव तत्पर रहेको बताए ।

‘अब तराई मधेशका आदीवासि जनजातीहरुको उत्थान र विकासका लागि पनि सरकार छ भन्ने आभास गर्न सवै समुदायले गर्न पाउनेछन् ।’ उनले भने ‘मुस्लिम समुदायको पनि चौतर्फी विकासमा पार्टी लागि परेको छ ।’

कार्यक्रममा भवनको विशेषताबारे जानकारी दिँदै ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लि.का इन्जिनियर तथा भवनका डिजाइनर पवन झाले भवनमा मुस्लिम समुदायका विशेष केही कुराहरु हुने भएपनि अन्य धर्म अनुरागीहरुले पनि भवनको सहज रुपमा उपयोग गर्न सक्ने बताए ।

मुस्लिम समुदायको पहिचान झल्किने गरी निर्माण गर्न लागिएको सो भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै मुस्लिम कम्युनिटी सेन्टरका अध्यक्ष जावेदनवी इराकीले निर्माण सम्पन्न गर्न लागि अझै सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्यद्धय विनोद ढकाल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पहिलो पल्ट सरकारले तराईका अति विपन्न तथा सिमान्तकृत समुदायको उत्थानको परिणाम सहितको थालनी गरेको बताए ।

उनीहरुले तराई मधेश सम्मृद्धि कार्यक्रमले तराई मधेशका जनताको गुनासा सम्बोधन हुने विश्वास गरे । उनीहरुले तराई मधेश समृद्धि कार्यक्रमको औचित्य जनताको गुनासा र सरकारप्रतिको असन्तुष्टि सम्बोधन गर्न नेकपा नेतृत्वको सरकारले सञ्चालन गरेको दावी गरे ।

त्यस्तै मन्त्री पण्डितले सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतनै विराटनगर हाटखोलाको समसान घाट स्थित सिंघिया नदी किनारमा निर्माण हुने हरित पार्कको निर्माण शिलन्या गरेका छन् ।

तटबन्ध र छठ पर्वमा पुजा गर्नका लागि प्रयोग गरिने उक्त पार्क निर्माणका लागि मन्त्रालयले १ करोड रुपैयाँ उपलब्ध गराएको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रशासकीय अधिकृत एकदेव अधिकारी, वडाध्यक्ष मधुबाबु तिवारी, नेकपा नेता पर्शुराम बस्नेत, समाजसेवी बेनीगोपाल मुण्दडालगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी मन्त्री पण्डितले मोरङको शुन्दर हरैँचा नगरपालिका–५ स्थित लाटी खोलामा निर्माण हुने झोलुंगे पुलको पनि शिलन्यास गरेका छन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने सो पुलको मन्त्री पण्डितले एक कार्यक्रमका बिच शिलन्यास गरे ।

सो अबसरमा बोल्दै मन्त्री पण्डिले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक तुल्याउन सरकार लागि परेको बताए । उनले सो क्षेत्रमा निर्माण हुने झोलुंगे पुलले स्थानीय कृषि उपजको बजारी करणमा टेवा मिल्ने बताए । ‘पुल नभएर वर्खायामको समयमा हाम्रा कृषि उत्पादनहरु बजार सम्म पुग्न सकेका छैनन् ।’ उनले भने ‘ अब पुल निर्माण भएपछी जुनसुकै याममा पनि ओहोर दोहर गर्न सहज हुनेछ ।’

कार्यक्रममा शुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकाल, उपमेयर धना तामाङ वडाध्यक्ष रामप्रसाद रिजालले र पुल निर्माण सरोकार समितिका अध्यक्ष दलजीत सुब्बाले झोलुंगे पुल निर्माणले स्थानीय जनतालाई ठुलो राहत मिल्ने बताए ।

कार्यक्रममा स्थानीय पूर्वाधार विकासका महानिर्देशक रामचन्द्र श्रेष्ठ, झोलुंगेपुल विभागका प्रमुख इन्जीनियर कुमार थापा, ग्रामीण पूर्वाधार सडक सञ्जाल प्रमुख शम्भु कार्की सोही कार्यालयका बैकुण्ठ कार्की, युवा संघका केन्द्रीय उपाध्यक्ष तथा युवा नेता पर्शुराम बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

सो पुलको ठेक्का ड्रागन/थामी/उमा जेभीले २ करोड ६८ लाख ६७ हजार रुपैयाँमा लिएको छ । चालु आर्थिक वर्षको चैत २६ गते सम्झौता भएको सो पुलको निर्माण कार्य ०७७ साल असोज मसान्त सम्मा सम्पन्न गरि सक्नुपर्ने नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

त्यसैगरी मन्त्री पण्डितले मोरङको रतुवामाई नगरपालिका स्थित बक्राह नदीको सुनवर्षी घाटमा निर्माण हुने झोलुंगे पुलको पनि शिलन्यास गरेका छन् । सो अबसरमा बोल्दै मन्त्री पण्डितले तराईका विभिन्न नदी तथा खोलाहरुमा पुल अभावले जनताले विभिन्न समस्याको सामना गर्दै आउनु परेको बताए ।

उनले सोही समस्या समाधानका लागि सरकारले बक्राख नदीको सुनवर्षी घाटमा झोलुंगेपुल निर्माण गरिने बताए । मन्त्री पण्डितले भने ‘वक्राह खोलाले वर्षेनी धेरै जनतालाई दुख दिँदै आएको मलाई थाह छ । अब नदी नियन्त्रण र सहज रुपमा ओहोर दोहर गर्ने वातावरण सृजना गर्न सरकार लागि परेको छ । यही सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउने छ, ढुक्क हुनुहोस् ।’

मन्त्री पण्डितले सो पुल निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नभए निर्माण कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिँदै र समयमै सम्पन्न गरे पुरस्कृत गर्ने बताए ।
कार्यक्रममा सो क्षेत्रका पूर्व सांसद तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले गोविन्दपुरको बक्राह घाट र झापा–मोरङ जोड्ने सिजुवा स्थित रतुवा घाटमा पनि पुलको अति आवश्यकता रहेको बताउँदै ति स्थानमा पुल निर्माणका आगामी वर्ष लागि बजेट बिनियोजन गर्न आग्रह गरे ।

उनले आफ्नो पहलमा सात्मेडीको रतुवा घाट र बरडंगाको बक्राह घाटमा निर्माण भइरहेको झोलुंगे पुलको निर्माण कार्य चाँडै सम्पन्न भएर सञ्चालनमा ल्याउन मन्त्री पण्डितको ध्यानाकर्षण गराए ।

सो अबसरमा रतुवामाई नगरपालिकाकी उपमेयर दयमन्तादेवी चुडाल, पुल निर्माण सरोकार समितिका अध्यक्ष शिवदयाल राजवंशीले सो नगरपालिकाका लागि आगामी वर्षहरुमा पनि बजेट बिनियोन गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङ सचिव गणेश उप्रेती ‘शुशिल’ स्थानीय पूर्वाधार विकासका महानिर्देशक रामचन्द्र श्रेष्ठ, झोलुंगेपुल विभागका प्रमुख इन्जीनियर कुमार थापा, ग्रामीण पूर्वाधार सडक सञ्जाल प्रमुख शम्भु कार्की सोही कार्यालयका बैकुण्ठ कार्की, युवा संघका केन्द्रीय उपाध्यक्ष तथा युवा नेता पर्शुराम बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

सो पुलको ठेक्का ड्रागन/थामी/उमा जेभीले ४ करोड ८५ लाख ११ हजार रुपैयाँमा लिएको छ । चालु आर्थिक वर्षको चैत २६ गते सम्झौता भएको सो पुलको निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरि सक्नुपर्ने नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

त्यसैगरी मन्त्री पण्डितले मोरङको बुढीगंगा गाउँपालिकामा–६ सखुवाटोकिमा स्थित सुनसरी र मोरङ जोड्ने बुढी खोलामा निर्माण हुने झोलुंगे पुलको शिलन्यास गरेका छन् । २ करोड ७५ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण हुने सो पुलको एक कार्यक्रमका बिच मन्त्री पण्डितले शिलन्यास गरेका हुन् ।

सो अबसरमा बोल्दै मन्त्री पण्डितले ठेक्केदारलाई समयमै काम समपन्न गर्न निर्देशन दिँदैसमयमा काम पुरा नभए कानुन बमोजिम कारवाहि हुने चेतावनी समेत दिए । उनले भने ‘काम चाँडो सक्नु भएन भने उल्टै जरिवाना तिराउनेछौँ । समयमै गर्नुभयो भने उचीत पुरस्कार दिनेछौँ ।’

मोरङ्ग र सुनसरी जोड्ने सो बुढीखोलामा २४९.४० मिटरको निर्माण हुने सो झोलुंगेपुल निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीले १८ महिना सम्ममा काम सपन्न गर्नुपर्ने नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझिले लामो प्रतिक्षा पछी निर्माण सुरु भएको सो पुल सञ्चालनमा आए लाखैँ जनता भाभान्वीत हुने बताए ।

सो अबसरमा नेकपाका प्रदेश कमिटी सदस्य सत्यनरायण चौधरीले पुल अभाव खड्की रहेका बेला झोलुंगे पुलको योजना आफनो वडामा आउदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी , जिल्ला समन्यन समितीका सदस्य बबिता चौधरी, बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदार, वडा अध्यक्ष दिलिप चौधरी, प्रमुख प्रशासकिय अधिकृत बिनोद न्यौपाने , नेकपाका मोरङका सदस्य बलभद्र सरदार थारु, स्थानीय समाज सेवी बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो ।

Advertisement

विभिन्न विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण
मन्त्री पण्डितले विद्यार्थी र अभिभावकलाई सुचना प्रविधिको पहुँचमा पु¥याउन मोरङका विभिन्न विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन् । उनले विराटनगर स्थित गोग्राह उच्च मा.वि.,सुुन्दरहरैँचा नगरपालिका स्थित साजीलाल उच्च मा.वि., बुढीगंगा–५ स्थित कर्मवीर उच्च मा.वि. र वडा नं. ६ स्थित सरस्वती मा.वि. लाई कम्प्यूटर ल्याब तथा सुचना प्रविधिका लागि विविध सहयोग गरेका छन् । उनी गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागीता जनाउनुका साथै कार्यकर्ता भेटघाट गरि पुन ः बिहिबार काठमाडौं फर्कीएका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top