बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान, ९ जना घाइते

काठमाडौं, बैशाख ६
भक्तपुरमा बिस्केट जात्राको अन्तिम दिन भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । बिहीबार राति रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका हुन् ।

Advertisement

घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही छन् ।

त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका र्पुयाएपछि सामान्य ढुंगा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिए

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top