Nepal Times
Nepal Times
3
Shares

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा न्यूमुन र डिपिएस विजयी

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा न्यूमुन र डिपिएस विजयी

किशोर विश्वकर्मा
विराटनगर, माघ ५
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा न्यूमुन र दिल्ली पब्लिक स्कुल विराटनगर विजयी भएका छन् ।

दिल्ली पब्लिक स्कुलको खेलमैदानमा विराट क्रिकेट सोसाइटीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्यूमुन र दोस्रो खेलमा दिल्ली पब्लिक स्कुल विजयी भएका हुन् ।

प्रतियोगिता अन्तर्गत न्यूमुन र सेन्टजोसेफ स्कुलबिच शुक्रबार भएको पहिलो खेलमा न्यूमुन १ रनले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको न्यूमुनले निर्धारीत १८ ओभरको खेलमा १ सय ३३ रन बनाएको थियो ।

न्यूमुनका लागि अजरत आलम र आनन्द साहले समान २६÷२६ रनको योगदान दिए । सेन्टजोसेफका लागि मोहित अटलले १ विकेट लिए । १ सय ३४ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको सेन्टजोसेफले पुरै ओभर खेलेर १ सय ३२ रनमात्र बनाउन सक्यो ।

सेन्टजोसेफका लागि मोहित अटलले २९ र लेबेन राईले २२ रनको योगदान दिए । न्यूमुनका लागि गुड्डु आलमले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच सेन्टजोसेफका गुड्डु आलम घोषित भए ।

त्यस्तै शुक्रबारनै दिल्ली पब्लिक र जेम्स इन्टरनेशनल स्कुलबित भएको दोस्रो खेलमा दिल्ली पब्लिक १ सय ५ रनले विजयी भएको छ ।

सोही मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको दिल्ली पब्लिक स्कुलले निर्धारीत २० ओभरको खेलमा १ सय ६५ रनको विशाल योगफल तयार पारेको थियो । दिल्ली पब्लिकका लागि उदय यादवले ४३, अमन आजादले ४२ र तनवीर कर्णले १७ रन बनाएका थिए ।

१ सय ६६ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको जेम्स इन्टरनेशनल ६० रनमै अल आउट भयो । उसका लागि प्रवीण श्रेष्णले १८ र धिरज शाहले १४ रनको योगदान दिए पनि अन्य व्याट्स्म्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्ली पब्लिकका लागि ऋषि महेश्वरीले सर्वाधीक ४ विकेट लिए । खेलको म्यानज अफ द म्याच दिल्ली पब्लिकका उदय यादव घोषित भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.