×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

आईपीएल : सन्दीपको उत्कृष्ट बलिङमा दिल्लीलाई मध्यम लक्ष्य, सन्दीपले लिए ३ विकेट

७ बैशाख २०७६

एजेन्सी,बैशाख ७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।

पन्जवाको लागि ओपनर क्रिस गेलले ६९ रनको योगदान दिए । १३ ओभरको दोस्रो बलमा सन्दीपले अक्षर पटेलबाट बाउन्ड्री लाईन नजिकै क्याच आउट गराउनु अघि गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।दोस्रो ओभरको चौथो बलमा सन्दीपले अर्का ओपनर के एल राहुललाई विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गर्दै १२ रनमा पेभिलिए फर्काएका थिए । पन्जावका मिडिल अडरका मयंक अग्रवाल २ र डेविड मिलर ७ रनमा आउट भए ।

Advertisement
Advertisement

 

पन्जावको एकतर्फबाट विकेट गुम्दा अर्को तर्फबाट क्रिस गेलले आक्रमक रुपमा रन जोडि रहेका थिए । तर सन्दीपले १३ ओभरको दोस्रो बलमा क्याच आउट गराएपछि पन्जाव ठूलो योगफल बनाउनबाट चुकेको हो । यसै ओभरको अन्तिम बलमा सन्दीपले युवा अलराउण्डर साम करनलाई आफैं क्याच लिदै शुन्यमा पेभिलिएन फर्काएपछि पन्जाव संकटमा परेको थियो ।

पन्जावका तल्लोक्रमका मन्दीप सिंहले ३० र रविचन्द्र आश्विनले १६ रनमा आउट भए ।पन्जावलाई सस्तैमा रोक्न सन्दीपले४ ओभरमा ४० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै कागिसो रवडा र अक्षर पटेलले समान दुई विकेट लिए ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले पन्जाबविरुद्ध चार ओभरमा ४० रन खर्चिएर तीन महत्वपुर्ण तीन विकेट हात पारे ।

पञ्जाव विरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दिपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दिपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए ।

त्यसपछि उनले बाँकि दुई बलमा एक रन मात्र दिए । पहिलो ओभरमा ११ रन दिएका सन्दिपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।

टिमको १३ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ६ रन दिएर दुई विकेट लिए । पहिलो बलमा नै छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दिपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । त्यसपछि सन्दिपले कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।

Advertisement

त्यसपछि आफ्नो अन्तिम ओभरमा पनि सन्दिपले एउटा अर्को विकेट लिने मौका सिर्जना गरेका थिए । मन्दिप सिंहले प्रहार गरेको बललाई रावाडाले ड्रप गरे । सो ओभरमा सन्दिपले मात्र सात रन खर्चिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top