×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

‘तातोपानी नाका चाँडै खुल्छ’ अग्नि सापकोटा

८ बैशाख २०७६

काठमाडौ, बैशाख ८
भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्ने पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद अग्नि सापकोटाले बताएका छन् । आज राजधानीमा लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद सापकोटाले उक्त कुरा बताएका हुन् ।

लिस्तीकोट बिकासका लागि असिमित सम्भावना बोकेको क्षेत्र रहेको बताउदै भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत उनले जिकिर गरेका छन् । चिनियाँ सरकार तातोपानी नाकालाई भू–गोलको कारण देखाउँदै बन्द गर्ने मनस्थितिमा पुगेपनि आफ्नो पार्टीको सहकार्यमा उक्त नाका खुलाउन आफुहरु सफल भएकोपनि उनको दाबी रहेको थियो ।

Advertisement

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको अवसरमा राष्ट्रपति सि जिङपिङसँगको वार्ताको माध्यमबाट आफुहरु सो मार्ग खोल्न सफल भएको सापकोटाको दावि थियो ।

समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक कार्यक्रममा बोल्दै सापकोटाले करोडौं राजस्व उठने तथा नेपाल र चीन जोड्ने नाकाको हिसाबले सिन्धुपाल्चोकले गर्विलो ईतिहास समेत बोकेको उनले बताए ।

सांसद् सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताए । कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भुमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए ।

कार्यक्रममा बोल्दै पुर्वन्यायाधिवक्ता मुक्ति प्रधानले लिस्तीकोट एक धार्मिक तथा साँस्कृतिक पर्यटन बोकेको क्षेत्र रहेको धारणा राखेका थिए । प्रस्तावित गुरुयोजनाअनुरुप लिस्तीकोटको विकासमा जोड दिनसके समग्र सिन्धुपाल्चोक नै यसबाट प्रभावित हुने उनको धारणा थियो ।

भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले गुरुयोजनालाई कसरी सफल बनाउने भन्ने कुरा महत्वपुर्ण रहेको बताए । आफुहरुसँग धेरै धार्मिक तथा पौराणिक स्थलहरु रहेको बताउदै उनले त्यसबाट लाभ लिन सबैले आ–आफ्नो स्थानबाट सहयोग र प्रचार–प्रसारमा जोड दिन आवश्यक रहेको आंैल्याए ।

नेकपाका नेता सरल सहयात्री पौडैलले भोटेकोशी गाँउपालिका तातोपानी नाकाले मात्र प्रसिद्ध नभएर थुपै्र ऐतिहासिक तथा धार्मिक स्थलले भरिपुर्ण गाँउपालिका रहेका बताए ।

जिल्लाकै पहिलो स्थानमा रहने गरि जलयात्रा, जलबिद्युत र पर्यटनको बिकासको दृष्टिकोणबाट सम्पन्न भूगोल रहेको उनको भनाई थियो ।

ई.पदमलाल श्रेष्ठले सम्पन्न गुरुयोजना बजेट अभावको कारण अलपत्र नपारोस भनि सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए । प्रस्तावित गुरुयोजनाले लिस्तीकोटको मात्र नभएर समग्र सिन्धुपाल्चोकको विकासमा अहम योगदान पुर्याउने उनको भनाई छ ।

भोटेकोशी गाँउपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले गाँउपालिकाको विकासमा निकै नै महत्वपुर्ण कार्यको थालनी भएको बताए । राष्ट्र निमार्णमा यस्ता गुरुयोजनाहरुले महत्वपुर्ण योगदान दिने बताउँदै उनले सबै मिलेर योजना सम्पन्न गर्न आवश्यक रहेको स्पष्ट पारे । लिस्तीमाई गुठी संस्थानका अध्यक्ष चमेरे प्रधानले गुठी संस्थाको तर्फबाट सबैमा गुरुयोजना सफल पार्नमा सहयोग र सद्भावको आवश्यकत्ता औल्याए ।

लिस्तीमाई गुठी संस्थानका कोषाध्यक्ष शंकर प्रधानले फ्रान्सका अनुसन्धानकर्ता तथा लेखक सिँल्भा लेभिले फ्रान्सेली भाषामा लेखेको पुस्तक ‘नेपाल हिन्दु राज्यको ईतिहाँसको पहिलो खण्ड’ मा समेत लिस्तीकोटको ईतिहासको बारेमा समेत प्रष्ट पारेको धारणा राखेका थिए ।

सन् १९०५ मा प्रकाशित उक्त पुस्तकमा नेपालको बिभिन्न ईतिहाँस समेटेको र जसमा लिस्तीकोटको समेत चर्चा भएको कारण यो क्षेत्रलाई कुटनीतिक दृष्टिकोणले समेत चासोको स्थान रहेको उनको भनाई थियो ।

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर–१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो ।
लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पुर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकको दाबी छ । कार्यक्रमको अवसर पारेर समृद्ध ‘लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवती गुरुयोजना’ नामक पुस्तकको पनि बिमोचन गरिएको थियो ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top