काठमाडौं, बैशाख ९
राप्रपाले सरकारसँग वार्ता गर्न समिति बनाएको छ । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखेर आन्दोलनमा रहेको राप्रपाले सरकारसँग वार्ता गर्न पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएको थियो । वार्ता मंगलबार हुने छ ।
