काठमाडौँ, माघ ६
नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पुर्याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।
“नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछाँै”– विज्ञप्तिमा भनिएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन दलले सरकारसँग जोडदार माग गरेको छ ।
अतिक्रमण बन्द नभए भूमि रक्षाको लागि जुनसुकै कदम चाल्न दल बाध्य हुने भनी सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।
रासस