×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अभिनेता बिराज भट्ट र प्रोडक्सन म्यानेजरबिच कुटाकुट

१० बैशाख २०७६

काठमाडौँ, बैशाख १०
अभिनेता बिराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ को विषयलाई लिएर विराज भट्ट र सोही चलचित्रका प्रोडक्सन म्यानेजर शङ्कर पाण्डेबिच हात हालाहाल भएको छ ।‘साङ्लो’को विषयलाई लिएर उनीहरुबीच सोमबार हात हालाहाल भएको हो ।

सोमबार साँझ बानेश्वरको एम क्याफेमा यी दुईको झगडा भएको हो । बिराज भट्टको निर्माण , निर्देशन र अभिनय रहने चलचित्रको छायाङ्कन पुषबाट हुने भनिएको थियो । सोही अनुरूप पाण्डेलाई प्रोडक्सन डिजाइनको रूपमा सम्झौता गराएका थिए । तर चलचित्रको छायाङ्कन ढिलो सुरु भएपछि शंकरले साङ्लोमा काम गर्न नसक्ने जानकारी दिए ।

Advertisement
Advertisement

बुझिएअनुसार सोमबार बिराजले चलचित्रको छलफलको लागी शंकरलाई उक्त काफेमा बोलाएका थिए । भट्टले पाण्डेलाई चलचित्र छाड्ने भए सम्भौताअघि दिइएको पैसा फिर्ता गर्न आग्रह गरेका थिए । तर पाण्डेले करिब ४ महिनाबढि आफुले चलचित्रको लागी समय बिताएको कारण पैसा फिर्ता नगर्ने अडान लिएपछि माहौल गर्मिएको थियो ।

Advertisement

त्यसपछि भट्टले पाण्डेलाई मुड्कीले बजारेका थिए भने पाण्डेले भट्ट माथी कुर्सी बजारेको बताइएको छ ।यद्यपी विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका छन् ।यही वैशाखबाट छायाङ्कन सुरु हुने ‘साङ्लो’मा  पुर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top