काठमाडौं, वैशाख ११
राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्दैछ । रिपोको बोलकबोल आज ३ बजे हुँदै छ भने आज नै जारी हुनेछ । राष्ट्र बैंकका अनुसार रिपो यही वैशाख १८ गते परिपक्व हुनेछ । बजारमा लगानी योग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो ।
एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनसक्नेछन् ।
