डरलाग्दो ‘कठपुतली’को पोस्टर सार्वजनिक

११ बैशाख ७६, बिहीबार

काठमाडौँ, बैशाख ११
हरर जनराको चलचित्र ‘कठपुतली’ को फष्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर बुधबार सार्वजनिक गरिएको हो ।

Advertisement

चलचित्रमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरुले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथी गर्ने शोषण, बलत्कार जस्ता कामबाट आजित महिलाहरुले मृत्युपरान्त लिएको बदलालाई कथाको रुप दिइएको बताइएको छ ।

नेपालमा हरर जनराको चलचित्र कमै मात्रामा बन्ने गरेको छ । हरर चलचित्र हेर्ने नेपाली दर्शक पनि नभएको बताईन्छ । चलचित्रकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले हेर्दै आईरहेका अन्य हरर नेपाली चलचित्रभन्दा यो चलचित्र भिन्न रहेको बताईन् ।

Advertisement

चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने भिमसेन लामाले निर्देशन गरेका हुन् । कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र यसै वर्ष प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top