विराटनगर, बैशाख १२
गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले विप्लव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले बिहिबार विहान विराटनगरमा सञ्चारकर्मीसँग कुरागर्दै उनले विपलव लगायत सवै असन्तुष्ट पक्षलाई राजनितिक मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको बताए ।
सरकारले वार्ता र सम्वादवाटैसमाधान चाहेको र विखण्डनकारी समुहलाई समेत मुलधारमा ल्याई सकेको अवस्थामा विपलव समुहलाई वार्तामा आउनुको विकल्प नभएको उनले बताए ।
मन्त्री थापाले विप्लव समुहले विध्वंसकारी गतिविधी गरेकै कारण सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको दावी गरे । उनले शान्तीपुर्ण आन्दोलन गर्न सवैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ती सुरक्षामा खलल पु¥याउने छुट भने कसैलाई नभएको उनले बताए ।
मन्त्री थापाले विगतको वर्षभन्दा शान्ती सुरक्षामा गुणत्मक सुधार आएको दावी गरे । उनले सरकारले यो वर्षलाई सम्मृद्धिको आाधारवर्ष मानेर अघि वढेको र आवश्यक पुर्वाधार तयार गरेको उनले बताए ।
सरकारले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रसँगको सम्वन्धमा समेत सुधार गर्न सफल भएको उनको भनाई थियोृ । एक प्रश्नमा उनले पार्टी एकताको विषय विधि सम्वत रुपमा समाधान भएकाले कोहि असन्तुष्ट भए त्यसलाई वार्ता र छलफलबाट समाधान गर्न सकिने बताए ।