काठमाडौं, वैशाख
उत्तरी चीनको हुबे प्रान्तमा भइरहेको निर्माण साईटमा दुर्घटना हुँदा ११ जना कामदारले ज्यान गुमाएका छन् । हेङसई शहरको ताआचेङ जिल्लामा दुर्घटना भएको हो ।
दुई जना गम्भीर घाइते भएको स्थानीय अधिकारीहले जनाएका छन् । निर्माणमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका हुन् । दुर्घटनामा घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
