दोस्रो बीआरआई शिखर सम्मेलन औपचारिक रुपमा सुरु

१३ बैशाख ७६, शुक्रबार
Share this
683shares

काठमाडौं, वैशाख १३
दोस्रो बेल्ट एण्ड रोड (बीआरआई) अन्तर्रा्ष्ट्रिय सहकार्य शिखर सम्मेलन बेइजिङमा औपचारिक रुपमा सुरु भएको छ । बिहीबारबाट सुरु सम्मेलनको उद्घाटन आज भएको हो ।

Advertisement

सम्मेलनमा ३७ देशका नेता, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका महानिर्देशकसहित पाँच हजार विदेशी प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा भाग लिन नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङ पुगेकी छन् ।

तीन दिन चल्ने सम्मेलनको मुख्य विषय ‘बेल्ट एण्ड रोड सहकार्यः एक उज्ज्वल साझा भविष्यको खोजी’ भन्ने छ । बिहीबार विभिन्न १२ शीर्षकका फरक–फरक सत्रमा छलफल भएको थियो । जसमा नेपाली व्यवसायीहरूले पनि सहभागिता जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top