आईपीएल : रसेल चम्केपछि कोलकताद्धारा मुम्बई पराजित

१६ बैशाख ७६, सोमबार
Share this
765shares

एजेन्सी, बैशाख १६
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ । आइतबार राती कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल चम्केपछि मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायमै राखेको छ । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाउन सक्यो ।

Advertisement

मुम्बईका लागि हार्दिक पान्ड्याले विश्फोटक ब्याटिङ गर्दै ९१ रन बटुले पनि टोलीको हार टार्न सकेनन् । १८ ओभरको अन्तिम बलमा हेरी गुर्नीले आन्द्रे रसेलबाट क्याच गराउनु अघि उनले ३४ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै ९१ रन बनाए पनि एक्लो प्रयास टोलीको जितको लागि प्राप्त रहेन ।

त्यस्तै कुनाल पान्ड्या २४,काइरन पोलार्ड २०,सुर्य कुमार यादव २६,इभिन लुईस १५ र कप्तान रोहित शर्मा १२ रनमा आउट भए । कोलकताका आन्द्रे रसेल,हेरी गुर्नी र आन्द्रे रसेलले समान २ विकेट लिए ।

Advertisement

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कोलकतालाई विशाल योगफल बनाउन आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

Advertisement

कोलकताका लागि युवा खेलाडी सुभमन गिलले पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे । १६ ओभरको दोस्रो बलमा हार्दिक पान्ड्याले इभिन लुईसबाट क्याच गराउनु अघि गिलले ४५ बलमा ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।

त्यस्तै क्रिस लिनले मात्र २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा क्याच आउट भए । गिल र लिनले ९.३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए । यी दुई बीचको साझेदारी राहुल चाहरले लुईसबाट लिनलाई क्याच गराउदै तोडेका थिए । त्यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए । यो जितसँगै कोलकता १२ खेलमा ५ मा जित र ७ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top