मन्त्री विष्टका परिवारले पिउने पानीमा विषको अफवाह फैलाउने पक्राउ

१५ बैशाख ७६, सोमबार

काठमाडौं, वैशाख १६
सामाजिक सुरक्षा तथा रोजगार मन्त्री गोकर्ण विष्टको घरपरिवारले पिउने पानीको ट्यांकीमा विष हालिएको भनी हल्ला फिँजाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

इस्मा गाउँपालिकाको वडा–४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने ठाउँमा रहेको पानी ट्यांकीमा कुनै व्यक्तिले विष हालिदिएको भन्ने हल्ला फैलाउने तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विजयदत्त तिवारीले बताए ।

उनले ती महिलाको नाम, थर र वतन भने खुलाउन मानेनन् । पक्राउ गरिएका महिलाहरूले एकले अर्कोलाई दोषारोपण गर्ने गरेका छन् । कसले विष हालेको हो र किन हालिएको हो भन्ने कसैले पनि नदेखेको जनाएका छन् ।

Advertisement

विष हाले नहालेको भन्ने प्रमाणका लागि त्यस ट्यांकीको पानी परीक्षण गर्नका लागि जिल्ला सदरमुकाम तम्घास ल्याइएको छ प्रहरीले जानकारी दिएका छन् । इस्मा निवासी विष्णु सुनारका अनुसार अहिले सो खानेपानी उपभोग गर्ने लगभग ५० घरपरिवार जम्मा भएका छन् ।

उक्त ट्यांकीको पानी दोहली र दर्लाम चौरका ३ र ४ वडाका करिब पाँच सय घर धुरीले प्रयोग गर्दै आईरहेको बताइएको छ । त्यही ट्यांकीको पानी मन्त्री विष्टका परिवारले विगतदेखि उपभोग र्गदै आएका छन् ।

Advertisement

विष मिसाइएको हल्लाले त्यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन् । खबर सार्वजनिक भएसँगै जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी अदुनाथ पौड्याल र प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले गम्भीर चासो दिएको र हल्ला फिँजाउने ती महिलाहरूलाई प्रक्राउ गरेर सदरमुकाम ल्याउन प्रहरी प्रमुख बस्नेतले निर्देशन दिएको गुल्मी जिल्ला पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top