कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने

कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने

काठमाडौं, वैशाख १६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने भएको छ । सोमबार भापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको पदाधिकारी बैठकले सरकारको गलत कामको भन्डाफोर गर्ने निर्णय गरेको हो । बैठकले पार्टीको जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय पनि गरेको छ ।

बैठकपछि प्रवक्त विश्वप्रकाश शर्मालेसरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलोमा पुग्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता शर्माले सात वटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने जानकारी दिए । बैठकमासभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.