आईपीएल : वार्नर र राशिद चम्किएपछि हैदरावाद विजयी

एजेन्सी, बैशाख १७
बलिङमा राशिद खान र  ब्याटिङमा डेविड वार्नर चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

सोमबार राती हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा पन्जावलाई ४५ रनले पराजित गर्दै हैदरावादले प्ले अफको संभावना बलियो बनाएको छ । २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन बनाउन सक्यो ।

पन्जावका लागि ओपनर लोकेश(केएल) राहुलले ५६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । राहुललाई १९ ओभरको दोस्रो बलमा खलिल अहमदले कप्तान केन विलियम्सनबाट क्याच आउट गराए ।

Advertisement

पन्जावका अन्य क्रिस गेल ४,मंयक अग्रवाल २७,निकोल्स पुरन २१,डेविड मिलर ११ र रविचन्द्र आश्विन शून्यमा र श्रिमन सिंह १६ रनमा आउट भए । हैदरावादका राशिद खानले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै खलिल अहमदले ३ र सन्दीप शर्माले २ विकेट लिए ।

Advertisement

त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।हैदरावादलाई विशाल योगफल तयार पार्न जारी सिजनको अन्तिम आईपीएल खेलि रहेका ओपनर डेविड वार्नरले ८१ रनको महत्वपूर्ण इनिङ्स खेले । १६ ओभरको अन्तिम बलमा रविचन्द्र आश्विनले मुजिव उर रहमानबाट क्याच गराउनु अघि उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

रिद्धीमान शाह २८,मनिष पान्डे ३६ र केन विलियम्सन १४ रनमा आउट भए । तल्लोक्रमका मोहम्मद नाबी २०,राशिद खान १ रनमा आउट हुँदा विजय शंकर ७ र अभिषेक शर्मा ५ रनमा अविजित रहे ।पन्जावका लागि रविचन्द्र आश्विन र मोहम्मद सामीले समान २ विकेट लिए । त्यस्तै मुरुगन आश्विन र अक्षयदिप सिंहको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै हैदरावाद १२ खेलमा समान ६ मा जित र हारका साथ १२ अंक जोड्दै चौथो स्थानमा कायम रहेको छ । दिल्ली क्यापिटल्स १२ खेलमा ८ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ भने चेन्नई पनि १२ खेलमा ८ मा जित र ४ हारका साथ दोस्रो स्थानमा रहदै प्ले अफमा पुगि सकेको छ ।

त्यस्तै मुम्बई पनि १२ खेलमा ७ मा जित र ५ मा हारका साथ १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top