×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चामलको गेडामा तीन देशको झण्डा…

१७ बैशाख २०७६

काठमाडौं,बैशाख १७

क्यान्भास, लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् ।

Advertisement
Advertisement

एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ । विश्व चर्चित तीन साहित्यकाको चित्र एउटै चामलको गेडोमा बनेको छ । अनि नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र पनि एउटै चामलको गेडोमा उनीएको छ ।

कतिपयलाई यो नौलो पनि लाग्नसक्छ । उक्त चित्र अहिले तपाईं काठमाडौँमा जारी ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मा हेर्न सकिन्छ । नेपाल र भारतको चित्रकला प्रदर्शनी भनिए पनि यहाँ एकजना बङ्गलादेशी चित्रकार खालिफा पलाश पनि सहभागी छन्। उनी नै हो चामलको गेडामा चित्र बनाएर प्रदर्शनीमै चर्चा कमाउने चित्रकार । उनको चित्रकला हेर्न सामान्य आँखाले भ्याउँदैन । आइ ग्लासको प्रयोग गर्नुपर्छ ।

‘साह्रै राम्रो लाग्यो, यति सानो चामलको गेडामा यसरी चित्र बनाउँदाको मेहनतलाई सम्मान गर्नुपर्छ,’ चित्र अवलोकन गर्दै मनोविद् डा नरेन्द्र ठगुन्नाले भने । उनले एउटा चामलको गेडोमा तीन देशको झण्डा बनाएर आपसी सम्बन्धलाई देखाउन खाजेका छन् ।

नेपाल र भारत सिमाना जोडिएको जिल्ला हो । सिमाना नजोडिएको जिल्लामध्ये सबैभन्दा नजिक करीब २७ किलोमिटर दुरीमा रहेको बङ्गलादेश सम्बन्धका हिसाबले नजिक छ । ‘यी तीन देशको आपसी सम्बन्धलाई प्रगाढ छ भन्ने सन्देश दिन एउटै चामलको गेडोमा तीन देशको झण्डा समावेश गरेको हुँ,’ चित्रकार पलाशले बताए ।

चित्र हेर्नकै लागि आइग्लासको प्रयोग गर्नुपर्छ भने बनाउँदा कति गाह्रो भयो होला ? उनलाई चित्रकला हेर्न आएका दर्शकको पहिलो प्रश्न हुन्छ, ‘तपाईलाई चित्र बनाउन गाह्रो भएन ।’ सहज रुपमा उत्तर आउँछ ‘अरु बनाएजस्तै सामान्य नै लाग्छ, दुई÷तीन दिनमा एउटा चित्र बनाइन्छ ।’

मुहारचित्र बनाउनलाई सामान्यतः क्यान्भासमा धेरै समय लाग्दैन । तर उनलाई मसिनो कूचि चलाएर रङ भर्न कठिन त छ नै । त्यसमाथि बगेर जाने जलरङ पानी नसोस्ने चामलको गेडोमा भर्न ठूलै चुनौती छ । रङको संयोजन मिलाउन सकिएन भने आकार निकाल्न नसकिने उनको तर्क छ ।

सांस्कतिक विविधताले भरिपूर्ण नेपालसँग सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकलासम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी आयाजना गरिएको हो । त्यसमा बङ्गलादेशका चित्रकला समेत हेर्न पाउँदा नेपाली कलाकारले खुशी ब्यक्त गरे । राखिएका उहाँका सात चित्रमध्ये अर्को एउटा चामलको गेडोमा चर्चित साहित्यकार रञ्जना ठाकुर, शेक्सपियर र नजरुलको चित्र कोरिएको छ ।

अर्को एउटा गेडोमा भने नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र छ । नेपालमा चित्रकला प्रदर्शनी हुन लागेकाले नेपालको प्रतिनिधित्व गराएको उनले बताए । सेड द लाइट पिस मेकरको आयोजना ‘इण्डो–नेपाल कला उत्सव’अन्तर्गत जारी प्रदर्शनीमा अर्का भारतीय चित्रकारले फ्याँकिएका वस्तुबाट बनाइएको मूर्तिकला समेत प्रदर्शनी गरेका छन् ।

चित्रकार सपना शाहले आफ्नो आमाको ममतालाई कल्पना गरेर चित्र कोर्नु भएको छ । आमा र छोरीको सम्बन्ध कस्तो हुन्छ, भनेर त्यसलाई प्रतिविम्बको रुपमा आफ्नो कथा उतारेको शाहले बताए ।

भारतीय चित्रकार रितु सिंहले शिशुलाई काखमा लिएर खेलाउँदै गरेको आमाको माया चित्रले पनि दर्शकको मन तान्छ । योसँगै उनका तीन चित्र यहाँ प्रदर्शनीमा छ । कपालमा फूल सिउरिएकी झक्तपुरकी ६५ वर्षीया आमा घाम ताप्दै थिइन् । दुबै हातले गालामा समाएर आफ्नै धुनमा रहँदा वृद्धाको तस्वीरलाई नेपाली चित्रकार एनवी गुरुङले चित्रमा उतारेका छन् ।

‘साह्रै सुन्दर लाग्यो,’ चित्र अवलोकन गर्दै भारतीय राजदूत मञ्जिवसिंह पुरीले भने । विभिन्न देशका चित्रकार सहभागी भएर गरिने यस्तो प्रदर्शनीले सांस्कृतिक सम्बन्ध, भाषिक एकतालाई जीवन्त बनाउने कलाकारले बताएका छन् ।
यहाँ नेपाली २४ र भारतका १०, बङ्गलादेशका र बेलायतका एक÷एक गरी ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियो कला प्रदर्शनमा राखिएका छन् ।

Advertisement

प्रदर्शनममा नेपाल र भारत कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, फूल, वन, वन्यजन्तुसहित मुहार चित्र र कुमारीको चित्र समावेश छ ।रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top