बालुवाटारका भूमाफिया धमाधम विदेश फरार, कोही पदबाट राजीनामा दिँदै

काठमाडौं : व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्ग सरकारले रोक्का राखेर छानविन थालेको ५० दिन भइसकेको छ। तर, जग्गा प्रकरणमा संलग्न एक जना पनि पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। तर, मुख्य सुत्रधारलाई निगरानीमा समेत राखेको छैन।

Advertisement

उनीहरु आफैँ सजग हुँदै विदेश लागिरहेका छन्। विवाद उजागर भएपछि कुमारी बैँकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन्। ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको श्रोतको भनाई छ।

सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन्। शोभाकान्त ढकाल र रामकुमार सुेवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ। ,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top