आईपीएल : सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा

२० बैशाख ७६, शुक्रबार
Share this
703shares

एजेन्सी, बैशाख २०
मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा पुगेको छ ।सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई रन लिदै खेल जिताए ।

Advertisement

हैदरावादका सुपर ओभरमा मोहम्मद नाबी र मनिष पान्डे मैदान उत्रेका थिए । मुम्बईका जसप्रित बुमराहले पहिलो बलमा मनिष पान्डेलाई रन आउट गराए । दुई रन लिने क्रममा रन आउट हुन पुगे । दोस्रो बलमा १ रन लिदै मार्टिन गुप्टिलले स्ट्राइक मोहम्मद नाबीलाई दिए । नाबीले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा भने बुमराहले नाबीलाई बोल्ड आउट गरेपछि मुम्बईले ९ रनको सामान्य लक्ष्य पाएको थियो ।

त्यस अघि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक – एक रन दिए पनि तेस्रो बलमा मोहम्मद नाबीले छक्का प्रहार गरेपछि खेल थप रोचक अवस्थामा पुग्यो ।

Advertisement

लगतै अर्को बलमा भने ठूलो शट खेल्ने धुनमा नाबी सुर्य कुमार यादवबाट ३१ रनमा क्याच आउट भए । पाँचौ बलमा दुई र अन्तिम बलमा मनिष पान्डेले छक्का प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको हो । नाबीले २० बलमा समान २ चौका र छक्का प्रहार गरे ।

मनिष पान्डे ७१ रनमा अविजित रहे । उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे । ओपनर रिद्धीमान शाह २५ र मार्टिन गुप्टिल १५ रनमा आउट भए । कप्तान केन विलियम्सन ३,विजय शंकर १२ र अभिषेक शर्मा २ रनमा आउट भए ।

Advertisement

मुम्बईका लागि जसप्रित बुमराह,कुनाल पान्ड्या र हार्दिक पान्ड्याले समान २ विकेट लिए । त्यस अघि घरेलु मैदान वानखडेमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले अर्ध शतकीय अविजित महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सस्तैमा समेटिनबाट जोगाए । डी ककले ५८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे ।

मुम्बईको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका रुपमा छैटौं ओभरको दोस्रो बलमा खलिल अहमदले कप्तान रोहित शर्मालाई मोहम्मद नाबीबाट २४ रनमा क्याच आउट गराए । रोहितले १८ बलमा ५ चौका प्रहार गरे । सुर्य कुमार यादव २३,इभिन लुईस १,काइन पोलार्ड १० र हार्दिक पान्ड्या १८ रनमा क्याच आउट भए । कुनाल पान्ड्या ९ रनमा अविजित रहे ।

हैदरावादका लागि खलिल अहमदले ३ विकेट लिदा भुवनेश्वर कुमार र मोहम्मद नाबीको नाममा समान १ विकेट रह्यो । मुम्बई १३ खेलमा ८ मा जित र ५ मा हारका साथ १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिदै प्ले अफमा पुगेको हो ।

चेन्नई सुपर किंग्स १३ खेलमा ९ मा जित र ४ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा छ । दिल्ली १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा पुगेको छ । हैदरावाद १३ खेलमा ७ मा हार र ६ मा जितका साथ चौथो स्थानमा स्थानमा यथावत छ ।(हाम्रो खेलकुद)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top