बृद्धाश्रमलाई फुटबल रेफ्रीले दिए भत्ताको रकम

२० बैशाख ७६, शनिबार

विराटनगर, बैशाख २०
विराटनगरमा सम्पन्न साफ महिला फुटबल च्याम्पिएनसिप २०१९ मा रेफ्रीको भूमिका निभाएका विक्रम कार्कीले त्यसवापत आएको रकम बृद्धाश्रमलाई हस्तान्तरण गरेका छन् । उनले विराटनगर १ मा रहेको महिला जागृति तथा बृद्धा आश्रमलाई साफ प्रतियोयोगिताबाट पाएको भत्ताको रकम सहयोग गरेका हुन् ।

Advertisement

माता तिर्थ औशीको अवसर पारेर उनले भत्ताको रकमबाट बृद्धा आमाहरुलाई विभिन्न किसिमका साडी लगायतका कपडा, फलफुलसहित एक दिनको भोजन गराउदै नगद समेत प्रदान गरेका छन् । सामाजिक काम गर्दा आफूलाई आन्नद महसुुस हुने भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top