विराटनगर, वैशाख २२
प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको प्रस्ताव दर्ता गरेको छ । सो पार्टीको संसदीय दलको निर्णय अनुसार संसद सचिवालयमा विराटनगरलाई प्रदेशको स्थायी बनाउने गरी संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको हो ।
प्रदेश १ को राजधानी बिराटनगर तोकी कार्यपालिका, ब्यवस्थापिकालगायतका अन्य संरचनाहरु बृहत् बिराटक्षेत्र अन्तर्गतका बिराटनगर, इटहरी र सुन्दरहरैचा आसपासका क्षेत्रमा रहने गरी आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । यता नेपाली कांग्रेस र फोरमले भने विराटनगरलाई मात्रै राजधानी बनाउन छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।