प्रदेश १ को राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता

विराटनगर, बैशाख २२
प्रदेश १ को स्थायी राजधानीका ४ वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् । नामको विषयमा भने कुनै पनि दलले प्रस्ताव नै नहालेको संसद सचिवालयले जनाएको छ । पत्रकार सम्मेलन गर्दै १ नम्बर प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दिएको जानकारी अनुसार दर्ता भएका प्रस्तावमध्ये २ वटामा धनकुटा प्रस्ताव गरिएको छ भने नेकपा संसदीय दलको तर्फबाट विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरिएको छ ।

Advertisement

यस्तै नेपाली कांग्रेसले पनि विराटनगर नै राजधानी हुनुपर्ने माग गर्दै अर्काे प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभामा दुई तिहाइ मत रहेको नेकपाले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावको कैफियतमा कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु वृहत विराट क्षेत्र अन्तरर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ भन्ने उल्लेख छ ।

उक्त प्रस्तावको प्रस्तावक बुद्धिकुमार राजभण्डारी र समर्थकहरुमा लिलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा, यशोदा अधिकारी र सावित्रीकुमारी रेग्मी रहेका छन् । यस्तै धनकुटा राजधानीको प्रस्तावक लिला सुब्बा रहेको प्रस्तावमा प्रताप प्रकाश हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक रहेका छन् ।

Advertisement

यस्तै निरन राई प्रस्तावक रहेको धनकुटालाई राजधानी बनाउने प्रस्तावको समर्थक इन्द्रमणी पराजुली, कुशुमकुमारी श्रेष्ठ, बिनादेवी राई रहेका छन् । यस्तै विराटनगर महानगरपालिका भित्रै राजधानी हुनुपर्छ भन्ने प्रस्तवाका प्रस्तावक केदार कार्की रहनुभएको छ भने समर्थकमा शिवनारायण गनगाई र जयराम यादव रहेको सचिव पराजुलीले जानकारी दिए ।

Advertisement

धनकुटा राजधानी बनाउनु पर्छ भन्दै प्रस्ताव पेश गर्ने निरन राई नेकपाका सांसद हुन् भने धनकुटालाई नै राजधानी माग गर्दै अर्को प्रस्ताव पेश गर्ने लिला सुब्बा संघीय समाजवादी फोरमकी सांसद हुन् । विराटनगर राजधानी बनाउने र प्रशासनिक संरचना इटहरी, सुन्दरहरैंचा आसपास राख्ने प्रस्ताव नेकपा संसदीय दलको आधिकारिक प्रस्ताव हो भने विराटनगर माहानगरपालिकामा नै राजधानी तोकिनुपर्छ भन्ने प्रस्ताव नेपाली कांग्रेसकोे रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top