विराटनगर, बैशाख २८ ,
नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुका लागि खुशिको अवसर ल्याएको छ । विराटनगर महेन्द्र चोक स्थित उक्त एजुकेसनले विद्यार्थी हरुका लागि निशुल्क आईएलटियस तयारी कक्षा सञ्चालन गरेको हो ।
विद्यार्थीहरुलाई नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले ७ हजार रुपैयाँ मुल्य बराबरको तयारी कक्षा निशुल्क रुपमा गराउने भएको हो । कक्षा १२ मा अध्यनरत विद्यार्थीलाई लक्षित गरेर निशुल्क आइएलटिएस कक्षा सञ्चालन गर्न लागेको निर्देशक अनिस रिजालले बताए ।
अस्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको नेक्स्ट टर्म एजुकेशन एण्ड भिसा सर्भिसेसको काठमाडौं, पोखरा, विराटनगर र चितवनमा शाखा कार्यालयहरु रहेको निर्देशक रिजालले जानकारी दिए ।
आइएलटिएसको ४५ दिने उक्त कोर्षको कक्षा निशुल्क रुपमा लिनका लागि सिट संख्या सिमित रहेकाले चाँडै सम्पर्क राख्न नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।